विप्लव समूहले भन्यो– लुट मच्चाउन प्रचण्डको झूठ, मार्ने योजना छैन



हाम्रो इकोनोमि

 

विप्लव समूहका नामले प्रचारित नेपाल कम्युनिस्ट पार्टीले सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत कसैलाई पनि मार्ने योजना नरहेको जनाएको छ ।

 

प्रचण्डले अफवाह फैलाएर लुटको सत्तालाई कायम राख्न सफेद झूठ बोलेको उसको प्रष्टीकरण छ ।  सोमबार विप्लव समूहलाई उदृत गर्दै उक्त समूहको मुखअनलाइनले भनेको छ,‘ पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना छैन । एक कार्यक्रममा प्रचण्डले आफूलाई हत्या गर्ने योजना बनाई मान्छे समेत खटाएको भनी सार्वजनिक रूपमा बोलेको कुरा भत्र्सना योग्य र सफेद झूट हो ।’

 

‘जनता र राष्ट्रका पक्षमा संघर्ष गर्दै आएको एउटा क्रान्तिकारी पार्टीलाई बदनाम गर्न अनावश्यक लाञ्छना लगाएर धमिलो पानीमा माछा मार्ने योजना यो सरकार र उसका आसेपासेले अफवाह फैलाएका हुन्’, नेकपाले प्रष्टीकरण दिएको छ ।

 

‘बरु प्रचण्डले नै व्यक्ति हत्याको कुरा गर्ने गरेको’ उसले जनाएको छ । उसले ‘केपी–बादल कम्पनीले जनताका पक्षमा सशक्त आवाज उठाइरहेको र जनतामा लोकप्रिय बन्दै गइरहेको एक राजनीतिक पार्टीमाथि सामाजिक फासिवादी तरिकाले प्रतिबन्ध घोषणा गर्नुका साथै देशैभरि अप्रेसन चलाएको छ । यो कम्पनीले युद्ध लाद्न खोजिरहेको’ आरोप लगाएको छ ।

 

विप्लव सिन्धुलीमा, प्रकाण्ड दाङमा भएको सुरक्षा निकायको रिपोर्ट , ८४ जना कार्यकर्ता गिरफ्तार

 

बिप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ र अर्का बरिष्ठ नेता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ आफूहरुको पहुँचमै रहेको सुरक्षा निकायले दावी गरेको छ । हाल सिन्धुलीमा रहेका बिप्लवको गतिबिधिलाई नजिकबाट निहाली रहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफुहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले दावी गरेको छ।

 

विप्लव केहीदिन देखि सिन्धुलीका बस्ती र जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ। उनीहरुको कदम अहिलेसम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ। प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिंन्धुलीलाई बिप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ ।

 

सुरक्षा स्रोतका अनुसार सो पार्टीका प्रवक्ता बिश्वकर्मा अहिले दाङमा छन्। उनको गतिबिधिलाई समेत निगरानी गर्न समेत प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ। सो पार्टीको पोलिटब्युरोको बैठक बोलाएको भएपनि नेताहरु जम्मा हुन नसकेपछि बैठक बस्न नसकेको निष्कर्ष सुरक्षा निकायको छ।

 

एक सुरक्षा अधिकारीले भने, ‘अन्य नेताहरुको बारेमा पनि हामी अपडेटमा नै छौं । उनीहरुले हिंसात्मक हर्कत गरे भने हामीले पनि छुट्टै रणनीति बनाएका छौँ।’ बिप्वल पार्टी माथी प्रतिवन्ध लगाएपछि सरकारले उसका बिभिन्न तहका ८४ जना नेता तथा कार्यकर्ता लाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...