प्रचण्ड पुत्री रेणु दाहालले ‘पागल’ भनेपछि सञ्चारकर्मी रवि लामिछानेले लेखे यस्तो स्टाटस



हाम्रो इकोनोमि

 

सञ्चारकर्मी रवि लामिछाने फेरि एकपटक विवादमा आएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विषयमा ‘सिधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रममा बोलेपछि उनी विवादमा आएका हुन् ।

 

रविले प्रचण्डको नामै लिएर उनको मृत्युको कामना गरेको भन्दै सामाजिक सञ्जालभरि नेकपा समर्थित नेता कार्यकर्ताले रविको आलोचना गरेका छन् । नेकपाका पूर्वविद्यार्थी नेता हिमाल शर्माले पत्रकार रवि लामिछानेले प्रचण्ड प्रवृत्ति भन्दै दिएको कडा अभिव्यक्तिका बारेमा प्रश्न गर्दै स्टाटस लेखेपछि उनको स्टाटसको कमेन्ट बक्समा प्रचण्ड पुत्री रेणु दाहालले पागलको संज्ञा दिएकी छन् ।

 

शर्माले लेखेका छन्, ‘प्रवृत्तिलाई हो भन्दै नितान्त व्यक्तिमाथि खनिनुलाई कस्तो प्रवृत्ति भन्छन् ? लामिछानेज्यू !’ स्टाटसको कमेन्ट बक्समा रेणुले लेखेकी छन, ‘पागलपन भनिन्छ दाइ’ ।

 

नेत्रविक्रम चन्द विप्लवले आफूलाई पहिलो नम्बरमा मार्ने माइन्यूट तयार गरेको कुरा सरकारमार्फत प्रचण्डले सार्वजनिक गरेका थिए । यसबारे पत्रकार लामिछानेले कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा भनेका थिए, ‘वाह कमरेड ! जनताका छोरा मरेकोमा पीर परेन, तर आफूलाई मार्छु भन्दा बल्ल विप्लवमाथि प्रतिबन्ध ?’

 

सामाजिक सञ्जालभरि आफ्नो आलोचना भएपछि रवि लामिछानेले आइतबार त्यसबारे प्रस्टीकरण दिएका छन् । ‘मैले कहिले पनि, कोही मर्नु पर्छ वा कोही मरे पनि फरक पर्दैन भनेको छैन । हे फुर्सदिला ‘तिमीहरु’ हो, बेकारमा आफ्ना नेतालाई किन गाली खुवाउन लागिपर्छौ ? बोलेको हेर, सुन । कुरा नबुझे, बुझ्नेलाई अथ्र्याउन लगाऊ, सोध ।…. हुन्न ?’ रविले फेसबुकमा स्टाटस लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...