राजपाद्वारा सदन अवरुद्ध



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनता पार्टी नेपालले सोमबार पनि संसद बैठक अवरुद्ध गरेको छ । टीकापुर लगायत तराई मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो ।

राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले सरकारले सभामुखको रुलिङसमेत नमानेको बताए । तेस्रो पटक सम्म संसद अवरुद्ध गर्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न चासो नदेखाएको भन्दै प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने झाले बताए ।

उनले उक्त प्रतिवेदन सार्वजनिक भएमा मधेस आन्दोलन र थरुहट आन्दोलनमा कसले कति गल्ती गरे, कसले कति ज्यादती गर्‍यो भन्ने विषय सार्वजनिक हुने बताए ।  राजपा नेपालका सांसदहरु सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

 

यसैबीच, राजपाकाे अवराेध हटाउन सभामुख महराले पहल थालेका छन् । महराले अहिले संसद भवन नयाँ बानेश्वरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, कानुनमन्त्री भानुभक्त ढकाल र राजपा अध्यक्ष मण्डलका सदस्यहरुसँग छलफल गरिरहेका छन् । छलफलमा सत्तारुढ दलका उपनेता, प्रमुख सचेतक, पूर्वसभामुख लगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...