अब धेरै समय कुर्न सक्दैनन् नेपाली जनता, नेपालबाट भारतले लिएको सबै भूमि फिर्ता



हाम्रो इकोनोमि

 

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ भनि माग उठाएका छन् ।

उनले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा सुगौली सन्धीमार्फत भारतले नेपालबाट लिएको भूमि फिर्ता गर्नुपर्ने बताउदै ४० औं सत्रमा माग दर्ज गराएका हुन् ।ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक समेत रहेका फणीन्द्र नेपालले सो माग दर्ज गराएका हुन् ।

गैरसरकारी प्रतिनिधिका रुपमा बैठकमा भाग लिन पुगेका उनले उपनिवेश अन्त्य गर्ने राष्ट्रसंघको घोषणालाई पनि भारतले कुल्चिरहेको र नेपालले आफ्नो मन्तव्यमा भारतले सन् १९४७ देखियता मानवअधिकार, मानवता र स्वतन्त्रताको उल्लंघन गरिरहेको बताएका छन् ।

नेपालले भने, ‘नेपाल भारत शान्ति तथा मैत्री सन्धीको दवफ १ र ८ ले सुगौली सन्धीलाई नै रद्द गरिदिएको छ ।

त्यसैले भारतले आफ्नो उपनिवेशका रुपमा रहेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि फिर्ता गर्नुपर्छ ।’

उनले आजको मितिसम्म भारतले नेपालको १३ सय वर्ग किलोमिटरभन्दा बढी भूमि अतिक्रमण गरेको र भारतले लगातार नेपालमाथि सीमा अतिक्रमण गरिरहेकोले राष्ट्रसंघीय मानवअधिकार परिषदलाई नेपालीको चासो गम्भिररुपमा लिइदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...