कंगोमा रेल दुर्घटना हुँदा २४ को मृत्यु, ३१ घाइते, ज्यान गुमाउने अधिकांश बालबालिका



हाम्रो इकोनोमि

 

कंगोमा रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको ज्यान गएको छ । ३१ जना घाइते भएका छन् । मालाहक रेल दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

कासाइ प्रान्तको उत्तरी कनंगास्थित बेना लेकामा आइतबार उक्त रेल दुर्घटना भएको प्रहरीलाई उद्गृद गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेना लाकास्थित प्रहरीले एएफपीलाई जनाए अनुसार अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अरु घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

घटनापछि उद्धारका लागि प्रहरी जुटेको छ । घाइतेहरुलाई अस्पताल पुर्याइएको छ । प्रहरीले ३१ जनालाई काकेंगेस्थित क्लाउड सिमांगा अस्पताल पुर्‍याएको जनाएको छ । मिडियाका अनुसार एक महिनाको आसपासको अवधिमा यो तेस्रो रेल दुर्घटना हो । कंगोमा असुरक्षित लिकका कारण रेलको यात्रा असुरक्षित मानिन्छ । यसअघि पनि धेरै पटक रेल दुर्घटना भएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...