सिटौला निकट नेविसंघका विद्यार्थीले कांग्रेस मुख्यालयमा धर्ना



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेस मुख्यालय सानेपामा नेविसंघका विद्यार्थीले धर्ना दिएका छन् । पार्टीको केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्नुअघि नै विद्यार्थीले धर्ना शुरू गरेका हुन् ।

 

नेता कृष्णप्रसाद सिटौला निकट मानिएका विद्यार्थीले नेविसंघको महाधिवेशन यथाशीघ्र हुनुपर्ने, तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेर हद लागू हुनुपर्ने, विधान कार्यान्वयन हुनुपर्ने लगायत माग राखेका छन् ।

पार्टी कार्यालय भवनको मुख्य प्रवेशद्वारमा नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीको नेतृत्वमा निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट लगायतका विद्यार्थी नेता कार्यकर्ताको सहभागितामा धर्ना भइरहेको छ ।

पार्टी केन्द्रीय समिति बैठक बिहान ११ बजे शुरू हुने भनिएपनि अझै शुरू भएको छैन । बैठकका लागि शीर्ष नेता आउने क्रम जारी रहेको छ ।

‘हालसम्म उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, शंकर भण्डारी आउनुभयो । उहाँहरूले हामीलाई माग थाहा छ, प्लेकार्ड देखाउनुपर्दैन भन्नुभयो,’ धर्नामा सहभागी विद्यार्थी आवास रेग्मीले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...