१३ दिनपछि रत्न डिस्चार्ज, हजुरआमालाई लिन पारस पुगे



हाम्रो इकोनोमि

 

१३ दिनयता नर्भिक अस्पतालमा उपचाररत पूर्व मुमा बडामहारानी रत्न शाह सोमबार डिस्चार्ज भएकी छिन् ।

रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाह हजुरआमालाई रिसिभ गर्न अस्पताल पुगेका थिए । यस्तै राजपरिवारका अन्य सदस्य पनि रत्नलाई रिसिभ गर्न अस्पताल पुगेका थिए ।

रत्न अस्पतालमा रहँदा उनको हेरचाहका लागि पूर्वरानी कोमल शाह आफैं खटिएकी थिइन् । रत्नकै हेरचाहका लागि उनी पूर्वराजा ज्ञानेन्द्रको मधेस भ्रमणमा समेत सहभागि भइनन् ।

डिस्चार्ज भएपछि रत्न र कोमलले उपचारको क्रममा संलग्न चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवालाका साथै स्वास्थ्य लामको कामना गर्ने सबै शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेको पूर्वराजा ज्ञानेन्द्र शाहका प्रेस संयोजक फणि पाठकले जानकारी दिए ।

रुघा, खोकी लगायतले ग्रस्त भई  पातलो दिशा हुने र पिसाब कम हुने समस्या देखिएपछि ९१ वर्षीय रत्नलाई फागुन २१ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...