बुहारी मन्त्री बिनालाई जोगाउन प्रचण्डद्वारा भिटो प्रयोग !



हाम्रो इकोनोमि

 

नेकपाका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुहारी बिना मगरलाई मन्त्रीबाट हटाए अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई पनि हटाउनु पर्ने अडान राखेको  स्रोतले बताएको छ।

मन्त्रिपरिषद पुनरगठनका विषयमा प्रधानमन्त्री केपी ओलीसंगको छलफलमा अध्यक्ष प्रचण्डले बिना भन्दा खतिवडाको प्रगति  विवरण कमजोर रहेकाले अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई पनि हटाउनु पर्ने अडान राखेको श्रोतले बतायो ।

 

मेलम्ची खानेपानी आयोजनाको निमार्ण ठेकेदार इटालियन कम्पनी सीएमसीलाई कमिसन विवादमा लखेटेको खानेपानी मन्त्री बिनामाथि आरोप लाग्दै आएको छ ।

 

दशैंसम्म काठमाडौंमा मेलम्चीको पानी आउने प्रतिबद्धता जनाएकी बिनाले मेलम्चीमा काम गरिरहेको कम्पनी सीएमसीलाई मेलम्चीको निर्माणमा  अन्यौल उत्पन भएको छ । मेलम्चीको निर्माणमा  अन्यौल  उत्पन्न हुँदा देशलाई अर्बौ नोक्सानी भएको छ  भने काठमाडौं उपत्यकामा खानेपानीको हाहाकार बढेको छ।

 

मन्त्री बिना मगरले आम जनतालाई मात्र होइन स्वयम् प्रधानमन्त्री केपी ओलीलाई समेत गुमराहमा राखेर ब्रिफिङ गरेकाले ‘मेलम्चीको पानी दुई महिनाभित्रै काठमाडौंमा आईपुग्छ ’ भनेर सार्वजनिकरुपमा भाषण गर्न लगाएकी थिइन् ।

 

मन्त्रीबाट हटाउने चर्चा चल्न थालेपछि बिनाले खुमलटारस्थित  निवासमा ससुरा प्रचण्डसंग धुरुधुरु रोएको श्रोतको भनाई छ ।

 

यसपटक मन्त्रीबाट हटाइएमा आफ्नो राजनीतिक करियर नै समाप्त हुने भएकाले जोगाइदिन प्रचण्डलाई इमोसनल ब्ल्याकमेल गरेपछि प्रचण्ड बिनालाई जोगाउन भिटो प्रयोग गर्नेतर्फ लागेका छन ।

 

सुदूरपश्चिमको कञ्चनपुर निर्वाचन क्षेत्र भएकी बिना जिल्लामै आलोचित छिन । सुदूरपश्चिमका नेता कार्यकर्ता तथा सरकारी कर्मचारीलाई देखि नसहने बिनाको स्वभावका कारण उनलाई मन्त्रीबाट हटाउन सुदूरपश्चिमेलीहरुले पार्टीमा दवाव दिदै आएका छन ।

 

मन्त्रीहरुको वार्षिक कामको समीक्षा र मूल्यांकनमा असफल र बद्नाम मन्त्रीको छवि  बनाएकी मन्त्री  बिनाको  पक्षमा प्रचण्डले भिटो प्रयोग गरेर जोगाउने संभावना देखिएको श्रोतले बतायो । स्मरण रहोस् पार्टीमा  अध्यक्ष प्रचण्ड  बाहेक उनको पक्षमा कुनै पनि नेता रहेका छैनन्  ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...