इन्डोनेसियामा बाढीले ७३ को मृत्यु, ६० जना वेपत्ता



हाम्रो इकोनोमि

 

इन्डोनेसियामा आएको बाढीले कम्तीमा ७३ जनाको ज्यान गएको छ । ६० जना हराइरहेका छन् । पूर्वी प्रान्त पपुआमा शनिबार साँझबाट सुरु भएको भीषण वर्षाले बाढी आएको र कैयन हताहत भएको बीबीसीले जनाएको छ ।

 

इन्डोनेसियाको राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोलाई कोट गर्दै रोएटर्सले सेन्तानीमा मात्रै कम्तीमा ५१ जनाको ज्यान गएको जनाएको छ । बाढीले प्रान्तीय राजधानी जयपुरामै ७ जनाको ज्यान लिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार, १ सय घरमा क्षति पुगेको छ । लगातारको वर्षाले बाढीको खतरा बढेपछि जोखिमयुक्त स्थानका बासिन्दालाई सरकारले सुरक्षित स्थान रोज्न भनेको छ ।

बीबीसीका अनुसार, करिब ४ हजारले बासस्थान छाडेर सुरक्षित स्थान रोजिसकेका छन् । यसरी सुरक्षित स्थान रोजेका कतिपयलाई सरकारी अड्डाहरुमा आश्रय दिइएको छ ।

उद्धारमा कठिनाइ

बाढीग्रस्त क्षेत्रमा कैयन हताहती भएको अनुमान गरिएको छ । तर, ती क्षेत्रहरुमा सिर्जित प्रतिकूलताका कारण उद्धार टोली पुग्न सकेको छैन ।

बीबीसीका अनुसार, बाढीले पुल तथा सडकहरु भत्किँदा उद्धारकर्ताहरू बाढीग्रस्त क्षेत्रमा पुग्न असुविधा झेलिरहेका छन् ।

बाढी स्वभाविक

इन्डोनेसियामा अहिले वर्षायाम छ । अक्टुबरदेखि अप्रिलसम्म यहाँ वर्षायाम हुन्छ । वर्षायाम भएकाले अहिलेको बाढी स्वभाविक हो । तर, पूर्व सतर्कता अपनाउन उदासीनता देखाइएको भन्दै त्यसको आलोचना भइरहेको छ ।

इन्डोनेसियामा बाढीले ठूलो जन–धनको क्षति हुँदै आइरहेको छ । यसअघि गत जनवरीमा सुलावेसी द्वीपमा आएको बाढीले ७० जनाको ज्यान लिएको थियो । मार्चको वर्षाले जाभा पनि प्रभावित भएको थियो । वर्षाले सयौं विस्थापित भए पनि मानवीय क्षति भने भएको थिएन ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...