पैसाको बलमा कानुनलाई चुनौती दिँदै चन्द्र ढकाल, यसरी छल्छन राजश्व



हाम्रो इकोनोमि

 

हाम्रो देशका ठूला भनिएका व्यवसायी प्राय सबै बदनाम छन् । कतै न कतै मुछिएका छन् । कोही कर छल्नेदेखि कोही राज्यको सम्पत्तिमा दाँई गर्नेसम्म ।

यी व्यवसायी जस्को लगानी चन्द्रागिरी केवलकारदेखि ग्लोबल आइएमई बैंक हुँदै डिस होमसम्म छ । तर यिनको कर्तुत सरकारी होस वा गुठीकै नाममा भएको जग्गा किन नहोस । देशका हर्ताकर्ता व्यापारीहरुले कौडीको भाउमा सेटिङ मिलाएर कसरीसम्म आफ्नो बनाउछन् भन्ने जान्न काफी छन् जो यस्ता व्यक्ति सार्वजानिक जग्गा कौडीको भाउमा हत्याएर ४० बर्षसम्म सेटिङ गर्न मिल्ने गरी चन्द्रागिरी डाडाँमा केवलकार हुइकाउदै छन् ।

 

जस्को न त कतै बोलपत्र प्रस्ताव आह्वान गरियो । विना प्रतिष्पर्धा सरकारले ४० बर्षसम्मलाई चन्द्रागिरीको डाँडो जस्ले ३६ हजार हेक्टर जंगल ओगटेको छ जम्मा २१ हजार रुपैंयामा उपयोग गर्ने पाइरहेका छन् । चन्द्रागिरी केवलकारको स्वीकृति पाएको ०६७ सालमा । चन्द्रको लफडाको कहानी यस्मा मात्र सकिदैन उनी ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत हुन् ।

 

त्यो यस्तो बैंक हो जहाँ कुनै पनि प्रमुख कार्यकारी अधिकृतले पूरा समय टिक्न सकेका छैनन् । बैंकका सिइओहरुलाई अनावश्यक दबाब दिएका कारण त्यहाँ विगत १२ बर्षमा ५ जना प्रमुख कार्यकारी अधिकृत अर्थात सिइआले पदबाट राजीनामा दिएर हिडेका छन् । यो अवधीमा कुनै पनि सिइओले पूरा अवधीमा त्यहाँ काम गरेको रेकर्ड छैन् ।

 

केही साता अगाडिमात्र ग्लोबल आइएमई बैंकका सिइओले राजीनामा ठोके । चार बर्ष कार्यकालका लागि नियुक्ति पाएका उनी १४ महिनामै उनी चन्द्र ढकालको अनावश्यक दबाब झेल्न नसकेर हिडे । यी मात्र होइन यस अगाडिका सिइओहरु अनिल ज्ञवाली,रत्नराज बज्राचार्य, सुमन न्यौपाने त्यहाँ कोही ४ बर्ष टिकेनन् । टिक्नै दिइएन् । ठूला करदाता कार्यालयका कर अधिकृतहरुका अनुसार अहिले मलहोत्राले अर्वौ राजश्व तिर्न आनाकानी गर्दै आइरहेका छन् ।

 

जस्ले २ करोड राजस्व तलमाथि गर्न खोजेको आरोप खेपिरहेको छ । यसरी स्वदेशमा कर छली गरी विदेशमा पैसा लुकाउनेमध्य अग्रपत्तिमा तिनै चन्द्र ढकालको नाम भेटिएको सनसनीपूर्ण खोज हालैमात्र सिआइजे अर्थात खोज पत्रकारिता केन्द्रले सार्वजानिक गरिसकेको छ ।
यद्यपि यस्को खण्डन गरेका छन् व्यवसायी चन्द्र ढकालले ।

 

यिनै चन्द्र ढकालको लगानी छ डिस होममा पनि । उस्कै तथ्यांक अनुसार डिसहोमको ग्राहक संख्या १५ लाख छ । यद्यपि यो विवरण साँचो होइन् । ठूला करदाता कार्यालय स्रोत भन्छ डिस होम सञ्चालन भएको ९ वर्ष भयो । धेरै परको विवरण खोजिरहन पर्दैन् । उस्ले पछिल्लो तीन महिनामा २७ करोडभन्दा बढी कर तिर्नुपर्ने भए पनि जम्मा ५ करोड ४० लाख रुपैयाँ मात्रै कर तिरेको देखाएको छ।

 

यही तीन महिना कार्तिकसम्ममा मात्र उसकै ग्राहक विवरण अनुसार चन्द्र ढकालले झण्डै २२ करोड राजश्व छलि गरेको देखिन्छ । राज्यका सम्पत्तिमा यसरी तर मार्नैहरुलाई राज्यको निकायले के कारवाही गर्छ त्यो चाहिँ अब हेर्न बाँकी छ ।

 

यता उनै ढकाल समूहको लगानी रहेको ग्लोबल आईएमई बैंकले विमानस्थललाई बक्यौता रकम नतिरेको रहष्य फेला परेको छ । विमानस्थलमा ग्लोबल आइएमइ र प्रभु बैंकले एटिएम बुथ सञ्चालन गरे वापत ८ लाख ४० हजार र ९ लाख ४८ हजार तिर्न बाँकी छ । त्यस्तै, शाखा कार्यालय सञ्चालन वापतको ४५ लाख रुपैंयाँ तिर्न बाँकी छ । ग्लोबल आईएमई बैंकले पनि एटिएमको शाखाको ४५ लाख १२ हजार र एटिएम वापतको १७ लाख र ८ लाख ५० हजार रुपैंयाँ तिर्न बाँकी रहेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...