आफुलाई धम्की दिनेहरुलाई रवीको जवाफ : कार्यकर्ता भएर होईन सच्चा नेपाली भएर हेर्नुहो्स् !



हाम्रो इकोनोमि

 

समय समयमा चर्चामा रहने चर्चित पत्रकार रवी लामिछाने अहिले फेरि चर्चामा रहनु भएको छ । उहाँको आफ्नैं कार्यक्रम सिधा कुरा जनतासँगमा उहाँले देशमा राजतन्त्र हटेको भए पनि राजा बन्ने प्रवृतिमा कमि नआएको भन्नु भएको थियो । उहाँले नेकपा अध्यक्ष प्रचण्ड तर्फ संकेत गर्दै आज कसैंले आफुलाई हत्या गर्न लागेको थाहा पाउँदा चिन्ता गर्ने व्यक्तिले हिजो किन १७ हजार मारेको भन्दैं प्रश्न गर्नुभएको छ ।

 

उहाँले जनयुद्ध जनताको लागि फलदायक नभएको भन्दैं नेताका परिवार र आसेपासेहरुका लागि मात्रै भएको भन्नु भएको थियो । केही दिन पहिले आफुलाई आफ्ना पुर्व कमान्डर नेत्र विक्रम चन्द विप्लवले आफुलाई हत्या गर्न योजना बनाएको कुरा स्वयम पुष्पकमल दाहाल आफैंले जानकारी गारउँनु भएको थियो । अहिले लामिछानेको उक्त अभिव्यक्तिलाई लिएर नेकपा निकट भातृ संगठनहरुले विरोध जनाइरहेका छन् ।

 

 

यो बिचमा पत्रकार लामिछानेले सम्पुर्ण कार्यकर्तालाई पहिले आफुलाई नेपाली जनता भएर हेर्न भन्नु भएको छ । चर्को विरोध हुन थालेपछि उहाँले एक फेसबुक स्टाटस राख्दैं यस्तो लेख्नु भएको छः ‘मैले कहिलेपनि, कोहि मर्नु पर्छ वा कोहि मरेपनि फरक पर्दैन भनेको छैन । हे फुर्सदिला “तिमीहरु” हो, बेकारमा आफ्ना नेतालाई किन गाली खुवाउन लागी पर्छौ ??? बोलेको हेर,सुन । कुरा नबुझे,बुझ्नेलाई अर्थ्याउन लगाउ,सोध ।…हुन्न ??

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...