मालपोत कार्यालयलाई डिजिटल बनाउने अभियानमा मन्त्री अर्याल, कलंकी मालपोत छिट्टै डिजिटल बन्दै



हाम्रो इकोनोमि

 

आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गरेकी छन् । कलंकी मालपोत कार्यालय डिजिटल प्रणालीमा लैजान तयारी भइरहेको समयमा अनुगमन गर्न मन्त्री अर्याल त्यहाँ पुगेकी हुन् ।

 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यलय सुधार गर्न १८ बुँदे कार्यसंरचना समेत सार्वजनिक गरेको छ । जसमा प्रत्येक कार्यालयमा एउटा सहायता कक्ष अनिवार्य राखिनेछ । जहाँबाट सेवाग्राहीले आफ्नो कामको सबै जानकारी पाउन सक्नेछन् ।

अवलोकनका क्रममा मन्त्री अर्यालले सुशकासन कायम गर्न तथा सेवा ग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्ष भित्र विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने जानकारी दिएकी छन् ।

 

उनले कलंकीस्थित मालपोत कार्यालयमा छिट्टै सबै काम विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था गर्ने, त्यसपछि असार मसान्तभित्र उपत्यका सबै मालपोत तथा नापी कार्यालयहरु र एक वर्ष भित्र देशभरका सबै मातपोत कार्यालयहरुको सेवा विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने योजना अघि सारिन् ।

 

मन्त्री अर्यालले सबै मालपोत कार्यालयबाटै बैंकिङ सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरिन् । सुशासन र सेवा ग्राहीको कामलाई सहज बनाउन आफूले ती सेवाहरु विस्तारका लागि कलंकीस्थित मालपोत कार्यालयलाई नमूना कार्यालयको रुपमा विकास गर्न लागेको मन्त्री अर्यालको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...