गंगालालले ‘बा’लाई लेखेको ऐतिहासिक पत्र



हाम्रो इकोनोमि

 

बा,
तपाईंको आज्ञापालन गरेर शान्तिसित बसुँला भन्ने लागेको थियो । सक्दै सकिनँ । म सक्दिनँ । आज रातभर निद्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेको छु । सम्झिनु पर्ने पाठचाहिँ मैले बिर्सनै आँटेछु ।

आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अगणित भाइहरुलाई पहेँला मुखसित डराएर आँखा चिम्लन आँटेछु । तिनको पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु ।

अन्तःस्करणबाट आगो रुमलिएर आयो । के के असह्य भयो । अब म सहन असमर्थ छु । जताततै कोलाहलको ज्वाला देख्छु । आफैँ सल्कन लागेको छ । मलाइ त्यो निभाएर मर्न दिनुहोस् ।

तपाईं मेरो पिता हुनुहुन्छ । तर हामी सबैजनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईंको आज्ञाले म पछि हट्न सक्दिनँ । म तपाईंको आज्ञाले चुपचाप राष्ट्रको पाप बोक्न सक्दिनँ ।

अब मेरो माया मारिदिनुहोस् । मेरा अरु भाइहरु छदैँछन् । एउटा छोरालाई नेपाल आमाका निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गंगालालको निवेदन छ । अत्याचार, अन्यायका विरुद्ध लड्दै म देशलाई छातिको ढाल थापेर बचाउँछु । बालक पुत्र गंगालालको दण्डवत् सेवा ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...