‘रवी लामिछानेलाई वेवारिसे लाश’ बनाइदिने वाईसिएल नेताको धम्की !



हाम्रो इकोनोमि

 

टेलिभिजन पत्रकार रवी लामिछानेले पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध टेलिभिजन कार्यक्रममा बोलेको भन्दै पूर्व माओवादी कार्यकर्ता आक्रोशित बनेका छन् ।

उनीहरुले सामाजिक सञ्जाल मार्फत लामिछानेलाई निरन्तर धम्की दिन थालेका छन् ।
पूर्वमाओवादी निकट युवा संगठन वाईसिएल नेपालका कार्यकर्ताले लामिछानेको ज्यान लिने सम्मको धम्की दिएको पाइएको छ ।

वाईसिएल नेपालका काठमाडौं जिल्लाका पूर्व अध्यक्ष समेत रहेका शिव कोइराला ज्वालाले लामिछानेको वेवारिसे लाश बनाइदिने धम्की दिएका छन् ।

‘सरकार रवि लामिछानेलाई तह लगाउने हैसियत राख । अन्यथा रवि वेवारिसे लाश हुँदा तेरो अनुसन्धान गर्ने क्षमता कमजोर छ तैलाई अवगत होला है ।’ ज्वालाले सामाजिक सञ्जालमा लेखेका छन् ।दियोपोष्टबाट

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...