नरेन्द्र मोदी प्रधानमन्त्री कि चौकीदार ?



हाम्रो इकोनोमि

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटरको नाममा चौकीदार जोडेका छन् । अब ट्वीटरमा उनलाई ‘चौकीदार नरेन्द्र मोदी’का रुपमा देख्न सकिने छ ।

 

उनको यो कदमलाई भाजपाका वरिष्ठ नेताहरुले समर्थन गरेका छन् । नामको अगाडी चौकीदार थपेपनि उनको वायोमा भने भारतीय प्रधानमन्त्री भनेरै उल्लेख छ ।

 

उनले मार्च ३१ देखि ‘म पनि चौकीदार’ नाममा चुनावी अभियान र टेलिभिजन कार्यक्रमसमेत सञ्चालन गर्दैछन् । आगामी अप्रिल र मेमा हुने लोकसभा निर्वाचनलाई लक्षित गरि उनले यो अभियान चलाउन लागेका हुन् ।

 

यस्तै, भाजपा अध्यक्ष अमित शाहले पनि आफ्नो नाममा चौकिदार जोडेर ‘चौकीदार अमित शाह’ बनाएका छन् । मोदी क्याविनेटका सबै मन्त्री तथा अन्य भाजपाका नेताहरुले पनि आफ्नो ट्वीटर नामको अगाडि चौकीदार थपेका छन् ।

 

आइतबार बिहानसम्म भाजपा अध्यक्ष अमित शाह, रेल मन्त्री पीयूष गोयल, स्वास्थ मन्त्री जेपी नड्डा र कयैन अन्य सत्तारुढ नेताहरुले आफ्नो नाम अघि चौकिदार राखेका छन् ।

 

नाम बदलेका मन्त्रीहरुले ट्वीट गरेर आफ्नो लक्ष्यबारेमा जानकारी दिएका छन् । उनीहरुले ‘म पनि चौकीदार’ र ‘फेरी पनि चौकीदार’ ह्यासट्याग जोडेर पोस्ट गरिरहेका छन् ।

 

मोदीको चौकीदार अभियानका विषयमा केहीदिनअघि विपक्षी दलकी एकजना सांसदले दिएको अभिव्यक्ति विवादमा परेको थियो । उनले ‘चौकीदार नेपालबाट जतिपनि ल्याउन सकिन्छ, हामीलाई चौकीदार होइन प्रधानमन्त्री चाहिन्छ’ भन्ने आशको ट्विट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...