युएईबाट काठमाडौँको लागि उडेको ईथिहाड एयरको विमान ठुलो दुर्घटनाबाट जोगियो



हाम्रो इकोनोमि

 

युएईको राजधानी आबुधाबीबाट काठमाडौँको लागि उडेको ईथिहाड एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ  । ईथिहाडको एयरबस ३२० को उक्त विमान अर्को एक अन्तर्राष्ट्रिय विमानसंग एकदमै नजिक आएर ठोक्किनबाट जोगिएको हो ।

 

काठमाडौँ आउँन लागेको उक्त विमान ३१ हजार फिटको उचाईमा उडिरहेको थियो । सोहि समयमा भियतनामको हो चि मिन्हा सिटी बाट फ्रान्सको पेरिस जान लागेको एयर फ्रान्सको विमान एकदमै निकट आएको हो। यो घटना चैत्र १ गते शुक्रबारको हो  । दुवै विमानमा भारतको मुम्बईको आकाशमा ठोक्किनबाट जोगिएका हुन् ।

 

भारतको टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार दिउँसो १ बजेर ४० मिनेटमा पेरिस जान लागेको विमान ३२ हजार फिटको उचाईमा उडिरहेको थियो । सोहि समयमा काठमाडौँ आउन लागेको विमान पनि मुम्बईको आकाशमा पुगेको थियो । मुम्बईको एयर ट्राफिक कन्ट्रोलरले काठमाडौँ आउँन लागेको विमानलाई पनि ३२ हजार फिटको उचाईमा जान आग्रह गर्यो ।

 

३२ हजार फिट कै उचाईमा पेरिस जान लागेको विमान थियो । बिपरित दिशाबाट आई रहेका यी दुई जहाज एकदमै नजिक आएका हुन् । समाचारमा जनाईए अनुसार यी दुई जहाज केहि सेकेन्डको दुरीमा मात्र थिए ।

 

दुवै विमानमा भएको ‘ट्राफिक कोलाइजन अभोईडेन्स सिस्टम’ अर्थात् विमान जुध्न बाट रोक्न सघाउने संयन्त्र सक्रिय भएर पाइलटलाई तुरन्त विमान टाढा लैजान संदेश दिएको थियो ।  सोहि कारण यी दुई विमान एकआपसमा ठोक्किनबाट जोगिएर ठुलो दूर्घटना टरेको हो ।

 

काठमाडौँ आउँन लागेको विमानलाई ३२ हजार फिटको उचाईमा जान आग्रह गर्ने कन्ट्रोलरमाथि छानविन भईरहेको छ  । यतिबेला मुम्बईको आकाशमा धेरै नै हवाइ ट्राफिक हुने गरेको छ । अत्याधिक चाप बढेकोले त्यहाँका कन्ट्रोलरलाई काम गर्न असहज भईरहेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन्  । पाकिस्तानले आफ्नो आकाश प्रयोग गर्न रोक लगाएपछि मुम्बईको आकाशमा ट्राफिक बढेको हो ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...