मुख्यमन्त्री पौडेलको मोतिबिन्दुको शल्यक्रिया



हाम्रो इकोनोमि

 

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । आइतबार हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा डाक्टर सन्दुक रुइतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरेका हुन् । ५ मिनेटमै उनको शल्यक्रिया सम्पन्न भएको थियो । बिहान ११ : १५ बजे शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

 

शल्यक्रियापछि आज (आइतबार) रेष्ट गरी भोलि सोमबार मात्रै आँखाको पट्टी खोलिने छ । चिकित्सकले दुई वर्षअघि नै आँखामा रहेको मोतिबिन्दुको शल्यकि्रयाका लागि सुझाब दिए पनि राजनीतिक व्यस्थतालगायत बिबिध कारणले शल्यक्रिया गर्न भ्याएका थिइनन् । मोतिबिन्दुका कारण केही समयदेखि मुख्यमन्त्री पौडेलले नियमित आँखाको परीक्षण गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...