प्रधानमन्त्री ओलीले भने– तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रीपरिषद् पुनगर्ठन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

 

‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो,’ उनले सञ्चारकर्मीहरुसँग भने, ‘तत्काल पुनर्गठन हुँदैन ।’  गत साता मात्रै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर नै पुगेर मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने बताएका थिए । उनले भनेका थिए – ‘यो अधिकार प्रधानमन्त्रीको हो, उहाँले चाहे मन्त्रिपरिषद पुनर्गठन हुन्छ ।’

 

यस्तै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनाधिकृत संस्था भएको पनि बताए । नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको ओलीको आरोप छ ।

 

‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो– सरकारले चिन्दैन,’ प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको र सो समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै गरेकाले प्रतिबन्ध लगाइएको स्पष्ट पारे । उनले विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन नेताहरुलाई आग्रह समेत गरे ।

 

‘नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘बम पड्काएर उद्यमी, व्यवसायी र जनप्रतिनिधिलाई धम्क्याउने ? बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।’

 

प्रधानमन्त्री ओलीले संविधान र कानुन विपरित, लुटपाट र आतंकका गतिविधि गर्न छुट नदिने चेतावनी दिँदै भने, ‘नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता समिति बनाएको हो । गर्दिन भनेको होइन ? सभ्य समाजले सुन्न सक्ने माग छ ? के–के माग छ ? सुन्न सक्ने छन् ?’

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...