सहायक सीडीओ चढेको गाडी क्रान्तिकारीको नियन्त्रणमा



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताले कास्की जिल्लाका सहायक सीडीओ चढेको गाडी नियन्त्रणमा लिएका छन्।

शनिबार कास्की जिल्लाका सहाय सीडीओ चित्रांगन बराल चढेको गाडी कास्की जिल्लाको मादी गाउँपालिका ५ सुनपधेँरीबाट क्रान्तिकारीले झण्डै १ घण्टा नियन्त्रणमा लिएको हो। गाडीमा उनकी हजुरआमा र अर्की एक महिला सवार थिए।

सार्वजनिक बिदाको दिन पारिवारिक कामका लागि सरकारी गाडीको प्रयोग गरेका कारण नियन्त्रणका लिएको क्रान्तिकारीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले बताए।

सार्वजनिक बिदाको दिन बिनापास सरकारी गाडी चलेको देखेपछि नियन्त्रणमा लिएको अखिल क्रान्तिकारीले जनाएको छ ।

उनले पक्राउ परेको गाडी सीडीओको अनुरोधमा सहायक सीडीओले अव आइन्दा दुरुपयोग नगर्न प्रतिवद्धता जनाएपछि प्रहरीलाई बुझाएको जानकारी दिए।

उनले क्रान्तिकारीले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधनलाई अन्य प्रयोजनका लागि चलाउने नदिने अभियान अन्तर्गत नै गाडी नियन्त्रणमा लिएको बताए।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...