लहानमा सिके राउतको गोप्य बैठक, प्रहरी र पत्रकारलाई निषेध



 

सरकारसँग फागुन २४ गते भएको ११ बुँदे सहमतिको विषयमा छलफल गर्न सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरु हुँदैछ। गठबन्धनका तर्फबाट संयोजक राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिपछि अगामी रणनीतिको विषयमा छलफल गर्न परिषद् बैठक बोलाएको बताएका छन्।

 

बैठकमा तराई मधेस अन्तर्गत हरेक जिल्लाका दुईदेखि तीन जना र गठबन्धनका केन्द्रीय पदाधिकारीसहित करिब ९० जना सहभागी हुने छन्। लहान नगरपालिका ७ स्थित मारवाडी सेवा सदनको सभाकक्षमा हुने बैठकमा सहभागी हुन राउत आइतबार मध्यान्ह लहान आइपुग्ने कार्यक्रम छ।

 

बैठकमा सहभागीलाई सदनमै खाने बस्ने व्यवस्था गरिएको छ। बैठकमा सहभागी हुन आउने हरेकलाई आफ्नो नागरिकता अनिवार्य गरिएको भनिए पनि त्यसको पुष्टि भने भएको छैन। प्रहरी र सञ्चारकर्मीलाई पनि बन्देज बैठक स्थलभित्र प्रहरी तथा सञ्चारकर्मीलाई पनि प्रवेश निषेध गरिएको छ।

 

सदनको मूल गेटमा कालो चस्मा र मास्क लगाएर बसेका गठबन्धनका कार्यकर्ताले विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरुको झोला, शरीर खानतलासी गरी आधिकारिक परिचय पत्र देखाएपछि मात्र प्रवेश गर्न दिएका छन्।

 

अध्यक्ष पौडेलद्वारा पत्रकार लामिछानेलाई कडा कारवाहीको माग

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले पत्रकार रवी लामिछानेलाई तत्काल कारवाहीको माग गर्नुभएको छ । अध्यक्ष पौडेलले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा बोलेको कुरालाई भत्सना गर्नुभएको छ ।

 

अध्यक्ष प्रचण्डले विप्लपले आफुलाई मार्ने पहिलो नं।मा राखेको कुरा जानकारी भएको भन्ने कुरा खुलाएको बारेमा पत्रकार लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रममा गरेको खण्डनको बारेमा अध्यक्ष पौडेलले कडा रुपमा आपत्ती जनाउनुभएको हो । उहाँले पत्रकारको नाममा कलकं मच्चाउन नपाउने बताउनुभयो ।

 

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, ‘हाम्रो पार्टी अध्यक्ष कमरेड पुष्पकमल दहाल ञप्रचण्ड झका सन्दर्भमा रवि लामीछानेले वोलेको कुरा भर्त्सना योग्य छ । उनको यो अभिव्यक्तिलाई लिएर सरकारले निजलाई कार्वाहीको दायरामा ल्याउन हामी माग गर्दछौं । पत्रकारको खोलमा मच्चाउने छाडा तन्त्र र अराजकतालाई नियन्त्रण गर सरकार ।

यस्तो बिषय प्रेस स्वतन्त्रता हुन सक्दैन ।’ उहाँले स्वतन्त्र प्रेस अधिकार भन्दैमा कानुनलाई हात लिन नपाईने भन्दै लामिछानेले गरेको व्यवहार खण्डन योग्न मात्र नभई उनी कारवाहीको भागेदारी हुनुपर्ने समेत बताउनुभएको छ । उहाँले स्वतन्त्रताको नाममा अराजक गतिविधि गर्न नपाईने भन्दै जसले जे पनि अनावश्यक रुपमा राष्ट्र, राष्ट्रियता तथा समृद्धिको विरुद्धमा पित पत्रकारीता गर्न नपाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना

हामीसँग ३२ सीटको म्याजिक संख्या छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको

एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित

     नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन

जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी