अध्यक्ष पौडेलद्वारा पत्रकार लामिछानेलाई कडा कारवाहीको माग



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले पत्रकार रवी लामिछानेलाई तत्काल कारवाहीको माग गर्नुभएको छ । अध्यक्ष पौडेलले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा बोलेको कुरालाई भत्सना गर्नुभएको छ ।

 

अध्यक्ष प्रचण्डले विप्लपले आफुलाई मार्ने पहिलो नं।मा राखेको कुरा जानकारी भएको भन्ने कुरा खुलाएको बारेमा पत्रकार लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रममा गरेको खण्डनको बारेमा अध्यक्ष पौडेलले कडा रुपमा आपत्ती जनाउनुभएको हो । उहाँले पत्रकारको नाममा कलकं मच्चाउन नपाउने बताउनुभयो ।

 

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, ‘हाम्रो पार्टी अध्यक्ष कमरेड पुष्पकमल दहाल ञप्रचण्ड झका सन्दर्भमा रवि लामीछानेले वोलेको कुरा भर्त्सना योग्य छ । उनको यो अभिव्यक्तिलाई लिएर सरकारले निजलाई कार्वाहीको दायरामा ल्याउन हामी माग गर्दछौं । पत्रकारको खोलमा मच्चाउने छाडा तन्त्र र अराजकतालाई नियन्त्रण गर सरकार ।

 

यस्तो बिषय प्रेस स्वतन्त्रता हुन सक्दैन ।’ उहाँले स्वतन्त्र प्रेस अधिकार भन्दैमा कानुनलाई हात लिन नपाईने भन्दै लामिछानेले गरेको व्यवहार खण्डन योग्न मात्र नभई उनी कारवाहीको भागेदारी हुनुपर्ने समेत बताउनुभएको छ । उहाँले स्वतन्त्रताको नाममा अराजक गतिविधि गर्न नपाईने भन्दै जसले जे पनि अनावश्यक रुपमा राष्ट्र, राष्ट्रियता तथा समृद्धिको विरुद्धमा पित पत्रकारीता गर्न नपाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...