अध्यक्ष पौडेलद्वारा पत्रकार लामिछानेलाई कडा कारवाहीको माग



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले पत्रकार रवी लामिछानेलाई तत्काल कारवाहीको माग गर्नुभएको छ । अध्यक्ष पौडेलले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा बोलेको कुरालाई भत्सना गर्नुभएको छ ।

 

अध्यक्ष प्रचण्डले विप्लपले आफुलाई मार्ने पहिलो नं।मा राखेको कुरा जानकारी भएको भन्ने कुरा खुलाएको बारेमा पत्रकार लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रममा गरेको खण्डनको बारेमा अध्यक्ष पौडेलले कडा रुपमा आपत्ती जनाउनुभएको हो । उहाँले पत्रकारको नाममा कलकं मच्चाउन नपाउने बताउनुभयो ।

 

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, ‘हाम्रो पार्टी अध्यक्ष कमरेड पुष्पकमल दहाल ञप्रचण्ड झका सन्दर्भमा रवि लामीछानेले वोलेको कुरा भर्त्सना योग्य छ । उनको यो अभिव्यक्तिलाई लिएर सरकारले निजलाई कार्वाहीको दायरामा ल्याउन हामी माग गर्दछौं । पत्रकारको खोलमा मच्चाउने छाडा तन्त्र र अराजकतालाई नियन्त्रण गर सरकार ।

 

यस्तो बिषय प्रेस स्वतन्त्रता हुन सक्दैन ।’ उहाँले स्वतन्त्र प्रेस अधिकार भन्दैमा कानुनलाई हात लिन नपाईने भन्दै लामिछानेले गरेको व्यवहार खण्डन योग्न मात्र नभई उनी कारवाहीको भागेदारी हुनुपर्ने समेत बताउनुभएको छ । उहाँले स्वतन्त्रताको नाममा अराजक गतिविधि गर्न नपाईने भन्दै जसले जे पनि अनावश्यक रुपमा राष्ट्र, राष्ट्रियता तथा समृद्धिको विरुद्धमा पित पत्रकारीता गर्न नपाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...