पूजा गर्न आएका पूर्वराजालाई हेर्न सत्तापक्षका नेता पुगे मन्दिरमै



 

पूर्वराज ज्ञानेन्द्र शाहले शनिबार उदयपुरको सदरमुकाम गाईघाटस्थित राधाकृष्ण मन्दिरमा पूजाअर्चना गरे । जनकपुरबाट बा ४ च ३८०७ नम्बरको निलो ल्याण्डक्रुजर जिप चढेर आएका पूर्वराजाले त्रियुगा नगरपालिका–१० स्थित राधाकृष्ण मन्दिरमा १५ मिनेट पूजा गरे ।मन्दिरमा पूजाआरधना सकेसँगै त्यहीँ रहेको राधामाधव समितिको सभाहलमा प्रवेश गरी १० मिनेट अवलोकन गरेका थिए ।

 

लगत्तै पूर्वशाहीकालिन मन्त्री उदयपुर निवासी हरिबहादुर बस्नेतका परिवारले स्वर्गीय आमाको नाममा मन्दिर परिसरमै निर्माण गरेको पुण्य स्मृति भवनमा सर्वसाधरणसँग ३० मिनेट भेटघाट गरेका थिए ।

 

दिउसो साढे ३ बजे सदरमुकाम गाईघाट प्रवेश गरेका पूर्वराजालाई उनका समर्थकहरुले मुख्य चोकदेखि करिव ३ सय मिटर पैदलयात्रा गराएका थिए । झण्डै दुई हजारको संख्यामा भेटघाट र हेर्नका लागि लाइन बसेका सर्वसाधरणको भिडलाई छिचोल्न उनलाई १७ मिनेट लागेको थियो ।

 

पैदलयात्रामा सर्वसाधरणको भव्य स्वागत पाएका पूर्वराजा पैदलयात्रापछि पुनः गाडी चढेर मन्दिर पुगेका थिए । उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा रहेको कमाण्डले सुरक्षा दिएका थिए भने आन्तरिक सुरक्षाका लागि शिवसेना नेपालले दिएको थियो ।

 

जनकपुरबाट ६ वटा गाडीमा दलबल साथ पुगेका उनलाई हेर्नेको ठूलो भिड लागेको थियो । सर्वसाधरणको भेटघाटपछि आयोजक राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले पत्रकारसँगको साक्षात्कारका लागि १० मिनेट सयम उपलब्ध गराउने बताए पनि उनले नितान्त धार्मिक कार्यक्रम भएकाले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

 

राजाको स्वागतका लागि निस्किएका सर्वसाधरणले ‘राजा आऊ देश बचाऊ,’ ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ,’ ‘नेपाली जनता के भन्छन् हिन्दु धर्म ले भन्छन्’ जस्ता नाराहरु लगाएका थिए । फूलमाला, पुष्पगुच्छा लिएर सडकमा लामबद्ध भएका कतिपय सर्वसाधरणले उनको खुट्टा छुन लाग्दा आफैँले समातेका थिए ।

 

सत्ता र विपक्षी दलका नेता पनि सहभागी

जिल्लामा पहिलो पटक पाइला टेकेका पूर्वराजालाई भेटघाटभन्दा पनि हर्नेको जमात निकै थियो । पूर्वराजालाई हेर्नैका लागि सत्तापक्ष र विपक्षी लगायत पार्टीका जिल्ला तहकै नेताहरुको उपस्थिति थियो ।

 

पूर्वराजाको भ्रमणप्रति कुनै प्रतिक्रिया नदिएका राजनीतिक दलका नेताहरुले उनलाई हेर्नको लागि मात्र आएको बताए । सत्तापक्षका नेताहरुले औपचारिक भेटघाट र फूलमालाले स्वागत नगरे पनि नेपाली कांग्रेस समर्थकका थुपै्र कार्यकर्ता भने स्वागतमै उभिएका थिए ।

 

डेढ घण्टासम्म उदयपुरबासीलाई समय छुट्याएका ज्ञानेन्द्रलाई भेटेर आफ्ना समस्या राख्न आएका धेरैले भने समय पाएनन् । पूर्वराजा भ्रमण व्यवस्थापन समितिका संयोजक धु्रर्व रायामाझीले सोचेभन्दा बढी सर्वसाधरणको उपस्थिति रहेको बताए । उनले भने, ‘हामीले सामान्य पूजाअर्चना गरेर फर्कनु हुन्छ भन्ने सम्झेर त्यति प्रचार प्रसार गरेनौँ, तर सर्वसाधरणको उपस्थिति हेर्दा तयारी र प्रचार प्रसारमा कमी भए जस्तो लाग्यो ।’

प्रतिक्रिया दिनुहोस
रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना

हामीसँग ३२ सीटको म्याजिक संख्या छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको

एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित

     नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन

जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी