राष्ट्रिय सभा सदस्य कोमल र सरिताले उमेर ढल्किँदा पनि किन बिहे गरेनन् ?



हाम्रो इकोनोमि

 

राजनीतिसँग मायाप्रेम गासेका दुई महिला यौवन ढल्किने बेलासम्म बिहेका बारेमा सोच्ने मौका पाएका छैनन् । राजनीतिको खुड्कीलो उक्लँदा उक्लँदै उनीहरू राष्ट्रिय सभाको सदस्यमा पुगेका छन्– परस्पर पक्ष विपक्षको दलबाट ।

कोमल ओली, नेकपाबाट राष्ट्रिय सभा सदस्य हुन् भने सरिता प्रसाई नेपाली कांग्रेसकी सचेतक नै हुन् । दुवैको मतभेद राज्यका अनेक विधेयकदेखि निर्णयका विषयमा होला तर एउटा प्रश्नमा मतभेद गर्न सक्तैनन् कि ‘उमेर ढल्किँदा पनि किन बिहे नगरेको ?’

ओली गायिका पनि भएका कारण बिहेका सन्दर्भमा उनलाई निक्कै प्रश्न नउठेका होइनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै तत्कालिन एमालेमा छिरेकी उनको बिहेका सन्दर्भमा गीत पनि बजारमा आएका छन् । उनले बिहे गर्ने वर कहिले पाउने हुन् थाहा छैन, तर अहिलेसम्म बिहे गरेकी छैनन् ।

ओलीले बिहेका सन्दर्भमा प्रश्न उठ्दा भन्ने गरेकी छन्– कहिँ कतै त वर होला नि !

यस्तै, प्रसाईले बिहे नगर्ने भनेकी छैनन् । तर, बिहे गर्ने प्रकारको प्रेम फेला नपरेको खुलाएकी छन् । उनले भनेकी छन्,‘प्रेम त अनेकसँग पर्छ तर बिहे गर्ने खालको प्रेम भएको छैन ।’

प्रसाई नेपाली कांग्रेसको विद्यार्थी तरुण दल हुँदै पार्टी राजनीतिमा सक्रिय भएर लागेकी हुन् । काम गर्ने क्रममा बिहेका बारेमा सोच्ने फुर्सद नपाएर होला, उनी अहिलेसम्म अविवाहित भएकी ।

राष्ट्रिय सभाका यी दुई सदस्यको बिहे कहिले होला ? राजनीतिक वृत्तका अन्यले पनि सोधिरहने साधारण प्रश्न बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...