दुई हजार बर्ष यताकै सबैभन्दा बढि तात्यो पृथ्वी



हाम्रो इकोनोमि

 

विगत ३० बर्षमा पृथ्वीको वातावरणमा दुई हजार बर्ष यताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले जनाएको छ । मानवसिर्जित हरितगृह ग्यासको प्रभावका कारण पृथ्वीको तापमानमा पछिल्लो समय उच्च वृद्धि देखिएको अनुसन्धानले देखाएको हो ।

 

चीनको दक्षिणपश्चिम यूनान प्रान्तको उपोष्ण क्षेत्रमा अवस्थित सानो तालमा रहेको जमिनको सतहमा गरिएको हावाको मात्रात्मक रेकर्डको अध्ययनबाट वैज्ञानिकहरूले यो कुरा पत्ता लगाएका हुन् ।

 

‘चाइनिज एकेडेमी अफ साइन्सेस र कोलम्बिया यूनिभर्सिटी’ ले यही मार्च महिनामा सार्वजनिक ‘अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स’ नामक अन्तर्राष्ट्रिय जोर्नल रिपोर्टमा उक्त कुरा दावी गरिएको छ ।

 

विगत दुई हजार बर्षमा पृथ्वीको जलवायु प्रणालीमा प्राकृतिक घटनाभन्दा मानव विकास र उत्पत्तिजन्य कार्यका कारण उत्सर्जन भएको हरितगृह ग्यासका कारण बढी प्रभावित बनेको जनाइएको छ । तर यो अनुसन्धानपूर्व जलवायुका बिषयमा रहेका तथ्याङ्कले विभिन्न महादेशको करिब एक हजार बर्षको रेकर्ड देखाएका थिए ।

 

पानी र हावाले जम्मा गरेका तियानकाई तालका सतहका नमूना (सेडिमेन्ट स्याम्पल), जुन समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेका छन्, ले दुई हजार बर्ष पहिलेको जलवायुबारेको तथ्याङ्क उजागर गरेको हो । उक्त नमूनाहरूलाई मानवीय गतिविधिले प्रभावित नगरेको र यसले हजारौँ बर्ष पहिलेको तापक्रमको उतार–चढावलाई मापन सम्भव भएको अनुसन्धान रिपोर्टमा दावी गरिएको छ ।

 

उच्च पहाडी वा हिमाली क्षेत्र जलवायु परिवर्तनका हिसावले संवेदनशील मानिने अनुसन्धान समूहका सदस्य झाओ चेङले बताए । “सोलार विकिरण तथा ज्वालामूखी गतिविधि जलवायु प्रभावका प्रमुख स्रोतका रूपमा रहने गर्छन । तर बिसौँ शताब्दीको पछिल्लो पाँच दशकमा मानवविकास र उत्पत्तिसम्बन्धी गतिविधि तापक्रम वृद्धिको प्रमुख कारक बन्ने गरेका छन्,” उनले भने । –एजेन्सी

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...