प्रचण्ड मारिएर केही फरक पर्दैन भन्ने रवि लामिछानेलाई कारबाही गर्न माग



हाम्रो इकोनोमि

 

पत्रिकारितामा विवादित बनेका न्युज २४ का प्रस्तोता रवि लामिछानेको अभिव्यक्तिलाई लिएर कारबाहीको आवाज उठेको छ । व्यक्तिगत तवरमा निकृष्ट गालीगलाैज गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले लामछानेमाथि कारबाहीको माग गरेका हुन ।

सुरेन्द्र बस्नेत, वरिष्ठ उपाध्यक्ष, अनेरास्ववियु क्रान्तिकारी ।

वरिष्ठ उपाध्यक्ष बस्नेतले लामिछानेले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन् भन्ने चेतावनी समेत दिएका छन । बस्नेतले प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनले आफुलाई कसरी स्पष्ट गर्छन् ? भन्ने प्रश्न समेत गरेका छन ।

बस्नेतले लेखेका छन ‘प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनलेे आफुलाई कसरी स्पष्ट गर्छन् ? उनको त्यो वाणी सुनेपछि मलाई उनी पत्रकारिताको मर्म र धर्मभित्र भएजस्तो पटक्कै लागेन । यसलाई कार्वाहीको विषय वनाइयोस् । उनले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन्।’

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...