सिरिया आक्रमण : बर्षमा तीन लाख ७० हजार मारिए !



हाम्रो इकोनोमि

 

सिरियामा आठ वर्षयता जारी युद्धको क्रममा तीन लाख ७० हजार व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीले जनाएका छन् । मारिएका ती व्यक्तिहरुमा एक लाख १२ हजार सर्वसाधारणसहित तीन लाख ७० हजारको मृत्यु भएको अधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ ।

 

बेलायतसँग आवद्ध मानव अधिकार समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार युद्धका क्रममा २१ हजार बालबालिका र १३ हजार महिला मारिएका जानकारी छ ।

 

सिरियामा सन् २०११ को १५ मार्चबाट सिरियाली सरकारको विरोध गर्दैे दक्षिण शहर दाराबाट शुरु भएका प्रर्दशन देशभरी फैलिएको र आठ बर्षसम्ममा लाखौँ मानिसको मृत्यु भएको र सिरियाको जनसङ्ख्याको झण्डै आधा भाग आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेका राष्ट्रसङ्घको तथ्याङ्क छ ।

 

यस आन्दोलनका कारण लाखौंको सङ्ख्यामा नागरिक तथा सैन्य लडाकूहरू घाइते भएका छन् । सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । एएफपी

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...