सिरिया आक्रमण : बर्षमा तीन लाख ७० हजार मारिए !



हाम्रो इकोनोमि

 

सिरियामा आठ वर्षयता जारी युद्धको क्रममा तीन लाख ७० हजार व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीले जनाएका छन् । मारिएका ती व्यक्तिहरुमा एक लाख १२ हजार सर्वसाधारणसहित तीन लाख ७० हजारको मृत्यु भएको अधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ ।

 

बेलायतसँग आवद्ध मानव अधिकार समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का अनुसार युद्धका क्रममा २१ हजार बालबालिका र १३ हजार महिला मारिएका जानकारी छ ।

 

सिरियामा सन् २०११ को १५ मार्चबाट सिरियाली सरकारको विरोध गर्दैे दक्षिण शहर दाराबाट शुरु भएका प्रर्दशन देशभरी फैलिएको र आठ बर्षसम्ममा लाखौँ मानिसको मृत्यु भएको र सिरियाको जनसङ्ख्याको झण्डै आधा भाग आन्तरिक तथा बाह्यरूपमा विस्थापित बनेका राष्ट्रसङ्घको तथ्याङ्क छ ।

 

यस आन्दोलनका कारण लाखौंको सङ्ख्यामा नागरिक तथा सैन्य लडाकूहरू घाइते भएका छन् । सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो । एएफपी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...