तीन महिनादेखि प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई प्रतिवन्ध



हाम्रो इकोनोमि

 

तपाई सूचना विभागले दिएको प्रेस कार्ड बोकेर प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्न खोज्नु भयो भने त्यहाँ रहेका सुरक्षाकर्मीहरुले कार्यालयको गेटमै रोक्छन् ।  कुनै प्राइभेट मिडियाको प्रेस कार्ड बोकेर जानु भयो भने पनि तपाईलाई कार्यालयभित्र प्रवेश गर्न दिइन्न । प्रम कार्यालयमा प्रवेश गर्ने पत्रकारको नाम प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुले कार्यालयको गेटमा रहेका सुरक्षाकर्मीहरुलाई नाम टिपाए भने मात्र सुरक्षाकर्मीहरुले प्रवेश गर्न दिन्छन्  । या कार्यालयका कर्मचारीहरु आफैं गेटमा लिन आउनुपर्छ । अन्यथा तपाई प्रम कार्यालयमा प्रवेश नगरी  त्यहाँबाट हिड्नु पर्छ ।

 

प्रधानमन्त्री कार्यालयमा यस्तो व्यवस्था लागु भएको तीन महिना भएको छ । अहिले गेटमा रहेका सुरक्षाकर्मीहरुले माथिको आदेश भन्दै पत्रकारहरुलाई गेटमै रोक्छन् । सूचना विभागको प्रेस कार्ड देखाउँदा पनि पत्रकारहरुलाई प्रवेश गर्न दिइन्न् । यसअघि सूचना विभागको प्रेस कार्ड देखाउदा पत्रकारलाई सहज किसिमबाट कार्यालयभित्र प्रवेश गर्न दिइन्थ्यो । कुनै प्राइभेट मिडियाको कार्डबाट पनि पत्रकारलाई प्रम कार्यालयमा प्रवेश गर्न पाउने व्यवस्था गरिएको थियो । तर अहिले त्यो व्यवस्था हटाइएको छ ।

 

अहिले पत्रकारलाई कार्याल प्रवेशमा कडाई मात्र गरिएको छैन, कार्यालयमा प्रवेश गर्न सुरक्षा जाँच प्रक्रियामा पनि कडाइ गरिएको छ । मोबाइल,पर्स, मोटरसाइकालको साँचो जस्ता समानहरुमा समेत जाँच हुने गर्छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार वीष्णु रिमालको ठाडो आदेशमा प्रधनमन्त्री कार्यालयमा पत्रकारलाई निषेध गरिएको हो । केही मिडियाले प्रधानमन्त्री कार्यालयको विषयमा रिर्पोटिङ गरेपछि रिमालले प्रम कार्यालयमा पत्रकारहरुलाई नै निषेध गर्ने निर्णय गरेका हुन् । अब प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्न कार्यालयका उच्च कर्मचारीले गेटमा नाम टिपाउनु पर्छ ।

 

सरकारी मिडियाका पत्रकारहरुलाई भने यस्तो कडाई गरिएको छैन । सरकारी मिडियाको कार्ड देखाएमा गेटमा रहेका सुरक्षा कर्मीहरुले कार्यालयमा प्रवेश गर्न दिने व्यवस्था लागु गरिएको छ ।

स्रोत भन्छ, प्रम कार्यालयमा अहिले रिमालको शासन चलेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा देउवाको सचिबालयमा रहेका सरकारी कर्मचारीहरुलाई अहिले छानी छानी त्यहाँबाट हटाइएको छ  भने बाँकि रहेका थोरै कर्मचारीलाई पनि जिम्मेवारी नदिइ राखिएको छ ।

 

कार्यालयमा माथिल्लो सबै पदमा कम्युनिष्ट निकट कर्मचारी राखिएको छ । प्रम कार्यालयका सबै जिम्मेवारी ठाउँमा तथा कार्यालयको प्रवक्तामा समेत कम्यनिस्ट पार्टीप्रति वफादार कर्मचारीलाई राखिएको छ । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ)मा आवद्ध कर्मचारीहरुलाई त्यहाँबाट सरुवा गरिएको छ ।

 

स्रोत भन्छ, अहिले निजामती सेवामा कम्युनिष्टको छायाँ यसरी परेको छ कि, काठमाडौं लगायतका देशभरका प्रशासनिक कार्यालय र आकर्षक तथा कमाउ अड्डाहरुमा कांग्रेस निकट कर्मचारीहरु शुन्य छन् । सरकारले अहिले संघ,प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको प्रक्रिया अघि बढाएको छ ।

 

संघमा समायोजन भएका कर्मचारीहरुको पदस्थापना तथा खटन पटन गर्ने प्रक्रिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुरु गर्दै छ । संघमा समायोजन भएका कर्मचारीहरुलाई पदस्थापन गर्नेबारेमा चलखल शुरु भएको छ । समायोजनपछि हुने पदस्थापनमा पनि आकर्षक तथा महत्वपूर्ण कार्यालयहरुमा कम्युनिष्ट निकट कर्मचारी राख्न चलखेल शुरु भएको स्रोत बताउछ ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...