प्रेमीको पेटमा छुरा रोपेर चुम्बन गर्दै नमर्न बिन्ती



हाम्रो इकोनोमि

 

एक युवतीले प्रेमीलाई पेटमा छुरा रोपेपछि अँगालो हाल्दै नमर्नका लागि अनुनय बिन्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ । मिरर डट को डट यूकेका अनुसार मेक्सिकोको ला क्यासकाडा होटल बाहिर यो जोडीको झगडा भएको थियो । झगडाले यति भयानक रुप लियो कि इरिक ओमारलाई प्रेमिकाले छुरा प्रहार गरिन् ।

प्रत्यक्षदर्शीले खिचेको भिडियोमा इरिक आफ्नो पेट समातेर बाटोमै घुँडा टेकेर बसिरहेको देख्न सकिन्छ । जबकी उनकी प्रेमिका सोनिया अमेरानी नुजेन एगुइलाले उनलाई अँगालो हाल्छिन् र चुम्छिन् ।

उक्त भिडियोमा २२ वर्षे सोनियाले ‘उसले मलाई कुट्यो, मलाई मार्न खोज्यो’ भनेको सुन्न सकिन्छ । उनले एकपटक चिच्याउँदै भनिन्, ‘मलाई माफ गर माया, प्लिज झुटो नबोल ।’

२९ वर्षे इरिकले आफूलाई सम्हाल्न सकिरहेका थिएनन्, उनले प्रेमिकाको आरोप अस्विकार गर्दै नजिकै उभिएकालाई सहयोग गर्न आग्रह गर्दै भने, ‘उसले मलाई मार्न चाहन्छे ।’युवतीले झट्पट उत्तर दिन्छिन्, ‘म तिमीलाई कसरी मार्न सक्छु ? आखिर तिमीलाई माया गर्छु ।’

‘म तिमीलाई कहिले पनि यस्तो गर्न सक्दिनथेँ, तर सायद तिमीलाई थाहा नहोला, तिमीले ममाथि कस्तो व्यवहार गर्यौ ।’ ती युवकले उत्तर दिए, ‘भगवान साक्षी छन् ।’स्थानीय मिडिया अनुसार पुलिसको कार घटनास्थलमा पुगेपनि पर्याप्त पेट्रोल नभएकाले पीडितलाई लैजान अस्विकार गरे ।

त्यसको एक घण्टापछि एम्बुलेन्स बोलाइयो । त्यसपछि उनलाई अस्पताल भर्ना गरियो ।आपत्कालीन शल्यक्रियापश्चात् एरिक खतरामुक्त भएको बताइन्छ । उनकी प्रेमिकालाई पक्राउ गरिएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...