पत्नीसहित साम्राज्यवादी मुलुक अमेरिका किन छिर्दैछन् प्रचण्ड ?



हाम्रो इकोनोमि

 

आउने सोमबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता, छोरी गंगासहित अन्य सदस्य लिएर अमेरिका जाँदैछन् । यो तारतम्य अघिल्लो महिना नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीसँगको भेटपछि मिलेको हो ।

 

अमेरिकी विदेश मन्त्रालयमा बेरीले प्रचण्ड नेपालको पूर्वप्रधानमन्त्री भएको र उनको राजनीतिक दल मूलधारको लोकतान्त्रिक शक्ति नेकपा एमालेसँग विलय भएको सूचनासहितको मेलोमेसो मिलाइदिए । त्यसअघि प्रचण्डलाई अमेरिकाले भिसा दिने कुनै योजना र निर्णय गरेको थिएन ।

 

भेनेजुएला राजनीतिक संकटका विषयमा प्रचण्डले हठात् विज्ञप्ति निकालेर केही महिनाअघि अमेरिकालाई ‘साम्राज्यवादी’ भनेका थिए ।त्यसपछि अमेरिकाको ध्यान प्रचण्डको राजनीतिक गतिविधिमा भएको थियो । र, उसले नेपाल सरकारसँग आधिकारीक धारणा पनि माग गरेको थियो ।

 

प्रचण्डले भेनेजुएलामा जारी रहेको राजनीतिक विषयमा अब आइन्दा कुनै धारणा नदिने प्रतिबद्धता र अमेरिकाले भिसा दिने सहमति बनेको उच्च स्रोतले बतायो ।

 

प्रचण्ड अमेरिका हिँड्नुको कारण

प्रचण्डपत्नी सीता दाहाल अहिले बिरामी छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार आएको बताइए पनि केही विषय हेक्का राख्न समस्या छ । मधुमेह र उच्च रक्तचापले यस्तो सताएको छ की, बारम्बार उनी बिरामी पर्न थालेकी छन् ।

 

उनको सबै उपचार गरी स्वस्थ्य बनाउनका लागि प्रचण्ड निजी भ्रमणमा जान लागेका हुन् । छोरा प्रकाश दाहालको निधनपछि सीताको स्वास्थ्य झनै विग्रन थालेको थियो । उनको दुई पटक सिंगापुरमा उपचार भइसकेको छ । तर, अधिक सुधार आउन सकेको छैन ।

 

सिंगापुरको एलिजावेथ अस्पतालले सीतालाई अमेरिकामा राम्रोसँग उपचार गराउनका लागि सुझाव गरेको थियो । यसकारण प्रचण्ड अमेरिका जान लागेका हुन् ।

 

अमेरिकाले माओवादीलाई विध्वंश र आतंकको काममा सक्रिय रहेको भन्ने सूचीमा राखेको थियो । त्यसको नेतृत्व प्रचण्डले नै गरेको भन्ने रेकर्ड अमेरिकी विदेश मन्त्रालयले अहिलेसम्म हटाइसकेको छैन ।

 

अर्को माओवादी युद्धकालमा अमेरिकामा निर्वासित भएका नेपालीको संख्याको रेकर्ड पनि उच्च रहेका कारणले प्रचण्डलाई त्यहाँको प्रशासनले गतिलो छविका रूपमा लिँदैन ।

 

तर पार्टी एकीकरणपछि तत्कालिन माओवादीका कुनै पनि गतिविधि नरहेको भन्ने सन्देश दिँदै, नेपालमा त्यसको जड नेत्रविक्रम चन्द विप्लवले कायम राखेको अर्को सूचना अमेरिकी विदेश मन्त्रालयमा नोट गराईको छ । त्यसपछि प्रचण्डको अमेरिका भ्रमण तय भएको हो ।

 

कालो झण्डा देखाइएला ?
प्रचण्ड नितान्त निजी कामका लागि जाने भएका कारण त्यहाँ हुने कुनै संघ संस्थाको कार्यक्रममा सहभागी हुन्छन् या हुँदैनन् भन्ने खुलीसकेको छैन ।

 

सार्वजनिक कार्यक्रममा सहभागी भएको खण्डमा केही समयअघि डा. बाबुराम भट्टराईले व्यहोरेको कालो झण्डा विरोध उनले पनि व्यहोर्नुपर्ने हुन सक्छ । माओवादीपीडित परिवारको ठूलो संख्या अमेरिकामा स्थानान्तरण भइसकेको छ ।

 

मोरियार्टीलाई चप्पल हानियो, अन्ततः अमेरिका चाहियो

शान्ति सम्झौतामार्फत खुला राजनीतिमा आए पनि प्रचण्ड नेतृत्वको तत्कालिन माओवादीले अमेरिकाविरुद्ध प्रदर्शन छाडेको थिएन । उसले सो बेला तत्कालिन नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीमाथि चप्पल प्रहार गरेको थियो ।

 

मोरियार्टीले नेपालका विभिन्न ठाउँमा अमेरिकाले गरेको सहयोग वितरण गर्न जाने कार्यक्रममा पनि माओवादी, उसको भ्रातृ संगठन विघटित अर्ध सैनिक बल वाइसीएलले अवरोध गर्दै आएको थियो ।

 

कतिपय ठाउँमा भने ढुंगा खसाएर बाटो अवरोध पनि गर्दै आएको थियो । तर समय परिस्थिति र पारिवारिक चाप र पीडाले प्रचण्डलाई अमेरिका नपुगी नहुने भएको छ । सीतालाई ठिक पार्नू नै उनको भ्रमणको मुख्य उद्देश्य बनिदियो ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...