सांसदका छोरा नै १४ दिनदेखि काठमाडौंबाट बेपत्ता



हाम्रो इकोनोमि

 

सुदुरपश्चिम प्रदेशका सांसद अफिलाल ओखेडाको छोरा सागर शर्मा (ओखेडा) विगत १४ दिनदेखि बेपत्ता छन् ।  काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलबाट १६ वर्षीय सागर फेला नपरेको भन्दै सांसद ओखेडा दिनहुँजसो महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखामा धाइरहेका छन् । तर, प्रहरीले उनको छोरा कता हराए भन्नेबारे पत्ता लगाउन सकेको छैन ।

 

नेकपा बझाङका नेता समेत रहेका ओखेडाले आफ्नो छोरा खोजिदिन आग्रह गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन् । ‘सागर शर्मा (ओखेडा) हराएको र खोजतलास गरिपाउँ भन्दै निवेदन आएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले भने, ‘सिडीआर रिपोर्ट आएको छ, अपराध महाशाखा र काठमाडौं परिसर दुवै ठाउँबाट खोजतलास गर्ने काम भईरहेको छ ।’

फागुन १८ गते फोन स्वीच अफ गरेर सम्पर्क विहिन भएका सागर रत्नराज्य स्कुलमा कक्षा १० मा पढ्दै आएका थिए । एसइई परीक्षा नजिकै आएको अवस्थामा परिवारले राम्रोसँग परीक्षाको तयारी गर्न सुझाएपछि उनी सम्पर्क विहिन भएको बताइएको छ ।

 

सन्की स्वभावका सागरलाई सांसद ओखेडाले ‘स्कुल किन नगएको ?’ भन्दै हप्काएका थिए । बावुले हप्काएपछि सागरले फागुन १६ गते अमेरिकी दूतावासमा फोन गरेर ‘अमेरिका जान कत्ति पैसा लाग्छ’ भनेर सोधेका थिए ।

 

त्यसपछि फोन अफ गरेर हिँडेका सागर परिवारको सम्पर्कमा गएका छैनन् । प्रहरीले खोजी जारी राखेपनि उनी फेला पर्न नसकेको बताइएको छ । सागरले चलाउँदै आएको मोवाइल विगत १४ दिनदेखि बन्द छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...