गृहमन्त्री बादलले राजिनामा दिनुपर्छ : नेता भिम रावल



हाम्रो इकोनोमि

 

पुर्व गृहमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भिम रावलले सरकार र सिके राउतबीच भएको सहमति मान्य नहुने बताएका छन् ।

आज राजधानी काे रिपार्टर्स क्लवको साक्षत्कार कार्यक्रममा बोल्दै नेता ले भने राउतजीले म अब नेपालको संविधान अनुसार शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थैं, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन्ड, उनले भने, ‘उहाँले यसअघि राष्ट्र विरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो, ती सबै गलत हुन, म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन ।’

रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्देश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सीके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए ।

उनले सहमति गर्दा पार्टी्भित्र कुनै छलफल र जानकारी नभएको र आफूले पजिन सहमति हुँदै गरेको सामाजिक सञ्जालबाट थाहा पाएको बताए ।

नेता रावलले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सीके रावतसँग तुलना गरेकोमा दुःख वयक्त गरेका छन् ।

‘हाम्रो अध्यक्ष प्रचण्ड र सिके राउतको आँटको तुलना गर्नुभयो, यसमा मलाई दुःख लाग्यो’, उनले भने, ‘देशद्रोही हो भनेर राउतलाई सरकारले जेल पठाएको व्यक्ति र हाम्रो अध्यक्ष प्रचण्डको चरित्र एउटै हो भनियो, यसको जवाफ प्रचण्डजीले दिने हो ।’

रावलले प्रधानमन्त्री ओलीले राउतलाई दार्श्निक भनेर सम्बोधन गरेकोमा पनि आश्चर्य प्रकट गरे । उनले भने, ‘मलाई त गज्जब लाग्यो, राउतलाई दार्श्निक भनियो, उसो भए अब के हामी उहाँकै दर्शनमा चल्नुपर्ने हो ?’

उनले यो सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामाबारे अब बस्ने बैठकमा छलफल हुने पनि जिकिर गरे । उनले भने, ‘अब बस्ने पार्टीको बैठकमा गृहमन्त्रीको राजीनामाका विषयमा छलफल हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...