अब कम्युनिष्ट पार्टी चाहिँदैन – डाक्टर भट्टराई (भिडियोसहित)



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपालमा अब कम्युनिष्ट पार्टी नचाहिने बताउनुभएको छ । जनता टेलिभजिनको कार्यक्रम ‘द भ्यू’ (विचार मन्थन) कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताउनुभएको हो ।

 

पुँजीवादले व्यक्तिको निजी स्वतन्त्रताको मात्र कुरा गरेर समाजिक सम्बन्ध बिर्सिएको र माक्र्सका चेलाहरुले निजी स्वतन्त्रता बिर्सेर सामाजिक सम्बन्ध मात्र मान्छे हो भन्न खोजेकोले यी दुवैपथ अपूर्ण भएको उहाँको तर्क छ । अब नेपालमा रहेका दलहरुले आफूलाई कमयुनिष्ट पार्टी भनिरहन जरुरी नभएको उहाँको जिकिर छ ।

 

राजनीति र समग्र देशको परिस्थितिका विषयमा डाक्टर भट्टराईसँग गरिएको कुराकानी समेटिएको कार्यक्रम ‘द भ्यू’ (विचार मन्थन) जनता टेलिभिजनबाट आइतबार राती पौन ९ बजे र सोमबार बिहान सवा ११ बजे प्रसारण हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...