भिडियो लाइभ गर्दै बन्दुकधारीले गरे न्यूजिल्याण्डको मस्जिदमा आएका दर्जनौंको हत्या



हाम्रो इकोनोमि

 

न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा भएको गोलीबारीमा थुप्रै हताहत भएको पुलिसले जानकारी दिएको छ ।

डेली मेलको रिपोर्ट अनुसार २८ वर्षे अष्ट्रेलियाली नागरिक मानिएका एक व्यक्तिले अन्धधुन्ध गोली चलाई २७ जनाको हत्या गरेका छन् । प्रहरीले यसबारे आधिकारिक संख्या दिएको छैन ।

प्रत्यक्षदर्शीले ती बन्दुकधारीले क्राइस्टचर्चस्थित अल नुर मस्जिदमा ५० सट गोली हानेको र उनीसँग सेमी–अटोमेटिक सटगन र राइफलसमेत भएको बताएका छन् ।

ती बन्दुकधारीले अल नुर मस्जिदभित्र लाइभ–स्ट्रिम गर्दै अन्धधुन्ध गोली चलाएका थिए । घटना नेपाली समयअनुसार शुक्रबार बिहान सवा ६ बजेको हो ।

डेली मेल अष्ट्रेलियाको एउटा भिडियोमा एक व्यक्तिले भागिरहेका मानिसहरुमाथि दर्जनौं पटक गोली चलाइरहेको देख्न सकिन्छ । एक अभियुक्तलाई पक्राउ गरिएको छ तर ती बन्दुकधारी नै हुन् भन्ने पुष्टि भइसकेको छैन ।

साथै, लिनवुड मस्जिद नजिकै पनि बन्दुक चलेको आवाज सुनिएको बताइएको छ । उक्त मस्जिदभन्दा तीन किलोमिटर टाढा कारभित्र बमसमेत फेला परेको डेली मेलले बताएको छ ।

यसका साथै, क्राइस्टचर्च अस्पताल बाहिर पनि गोलीबारी भएको रिपोर्ट प्रकाशित भएको छ ।

पुलिसले प्रभावित इलाकाका जनतालाई स्थिती संकटपूर्ण भएका बताउँदै आफ्नो घरभित्रै बस्न आग्रह गरेको छ ।

 

न्यूजिल्याण्डको भ्रमण गरिरहेको बंगलादेश क्रिकेट टिमका खेलाडीले ट्वीटरमा आफूहरु गोलीबारीमा सुरक्षित बच्न सफल भएको जानकारी दिएको छ ।

मस्जिदमा आज जुमेको नमाज थियो ।

पुलिस अधिकारी माइक बुश अनुसार एक व्यक्तिलाई हिरासतमा लिइएको छ । उनले भने, ‘हमलामा अन्य व्यक्ति पनि समावेश छन् कि भनेर अनुसन्धान भइरहेको छ । यदि कोही व्यक्ति मस्जिद जाने तयारीमा हुनुहुन्छ भने आज नजानुहोस् । अर्को जानकारी नआउञ्जेल घरको ढोका बन्द राख्नुहोस् ।’

न्यूजिल्याण्डका प्रधानमन्त्री जसिन्दा आर्डर्नले उक्त आक्रमण न्यूजिल्याण्डको कालो दिनमध्येको एक बताएकी छिन् ।

‘मलगायत न्यूजिल्याण्डका प्रत्येक जनता पीडित परिवारको साथमा छौ,’ उनले भनिन् ।

हमलाको भिडियो स्ट्रिमः

ती बन्दुकधारी अल नुर मस्कमा दिउँसोको प्रार्थना  भइरहेका बेला प्रवेश गर्छन् र अन्धधुन्ध गोली चलाउँछन् ।

२८ वर्षे ती व्यक्तिको फेबबुकमा राखिएको भिडियो स्ट्रिममा देखिए अनुसार उनले सय बढी फायरिङ गरेका छन् ।

सैनिकको झैं लुगा र हेलमेट लगाएका ती व्यक्तिले ‘अब यो पार्टी सुरु गरौं’ भन्दै आफ्नो ‘ताण्डव’ देखाउँछन् ।

गाडीमा राखिएका कम्तिमा ६ बन्दुकमध्ये एक उठाएर उनी मस्जिद भित्र छिर्छन् र आफूले देखेजति सबैलाई गोली ठोक्छन् ।

उनले प्रार्थनामा आएका सबैलाई गोली हान्छन् । कतिपय अवस्थामा उनले यत्तिकै पनि फायरिङ गरिरहेका छन् ।

उनले बन्दुक चलाउन छोडेका बेला घाइतेको दुखाईको आवाज सुन्न सकिन्छ । उनले थुप्रै पटक ‘रिलोड’ गर्छन् । थुप्रै पटक उनी घाइते व्यक्तिमाथि चढेर बन्दुक रिलोड गरेको र पुनः गोली चलाएको भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...