जताततै पाइने तितेपातीमा हुन्छ युरिक एसिड चट बनाउने गुण ! (भिडियोसहित)



हाम्रो इकोनोमि

 

गाउँघरमा जताततै पाइने तितेपाती औषधीको काम मात्र होइन धार्मिक कार्यमा समेत उपयोगी हुने गरेको छ । बास्नादार यो खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ । गाउँघरमा तितेपातीलाई प्राय भेडा बाख्राको आहारको रुपमा प्रयोग गरिन्छ ।

तितेपाती नेपालको भुगोलअनुसार फरक–फरक ५–६ किसिमका पाइन्छन् । तर, सबै स्थानमा पाइने तीतेपातीको गुण र काम भने उस्तै हुन्छ । धेरै रोगको उपचार गर्न सहज तरिकाले पाइने हुँदा पनि यसको छुट्टै महत्व छ ।

तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ । कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ ।

यसबाहेक तितेपातीले औषधीको रुपमा यी काम गर्छ –

१. यदि पेटमा जुका परेको छ र तितेपाती खायो भने जुका नास गर्छ ।

२. युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ।

३. बाहिरी दूषित कीटाणुलाई नष्ट गर्छ ।

४. बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ ।

थप जानकारीको लागि भिडियो हेर्नुस्-

 

प्रतिक्रिया दिनुहोस
  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...