धुर्मुस–सुन्तलीलाई रंगशालाका लागि सन्दीपको प्रत्येक विकेटबाट सहयोग



हाम्रो इकोनोमि

 

नेपाली क्रिकेटका चर्चित खेलाडी सन्दीप लामिछाने यतिबेला विभिन्न अन्तराष्ट्रिय खेलहरुमा व्यस्त रहेका छन् । अब यी चर्चित खेलाडीले अन्तराष्ट्रिय खेलहरुमा १ विकेट लिँदा क्रिकेट रंगशाला निर्माणको लागि ५ डलर सहयोग आउने भएको छ ।

 

यो घोषणा सन्दीपले होईन अमेरिका बस्दैं आएका एक दम्पत्तिले गरेका हुन् । सन्दीपले अन्तराष्ट्रिय खेलमा विकेट लिदा ५ डलर सहयोग गर्ने घोषणा चित्र गौतम र टीका ढकालले गरेका हुन् । भरतपुर १५ चितवनमा निर्माण हुन लागिरहेको बहुआयामिक गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको लागि सहयोग गर्ने अनौठो तरिका यी दम्पत्तिले खोजेका हुन् ।

 

उनीहरुले आफ्नो चौथो वैवाहिक वर्षगाँठको उपलक्ष्यमा उक्त घोषणा गरेका हुन् । साथै उनीहरुले दुईबर्ष अघि दिवंगत भएका क्रिकेट खेलाडी तथा आफ्ना सालो र भाई रमेश ढकालको सम्झनामा २२ हजार १ सय २३ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गरेका छन् । सोही सहयोग प्रदान गर्ने क्रममा उनीहरुले सन्दीपले अबदेखि अन्तर्राष्ट्रिय खेलमा लिने प्रत्येक १ विकेट बराबर ५ डलर क्रिकेट रंगशाला निर्माणको लागि सहयोग दिने भएका हुन् ।

 

यसका साथै यी दम्पत्ति रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउने अभियानमा समेत सामेल हुने भएका छन् । जनस्तरबाट नै ३ अर्ब लगानीमा निर्माण हुन लागिरहेको क्रिकेट रंगशालाका लागि यतिबेला देश तथा बिदेशबाट आर्थिक संकलनको काम भईरहेको छ । उता धुर्मुस सुन्तली फाउन्डेशनबाट सिताराम कट्टेल र कुञ्जना घिमिरे रंगशालाको भौतिक निर्माणको कार्यमा आफै खटिरहेका छन् । राष्ट्रिय गौरवकै रुपमा हेरिएको रंगशाला निर्माणको लागि मन खोलेर सहयोग गर्न उनीहरुले आग्रह गर्दे आईरहेका छन् ।

चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । बिहिवार बिहान एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमाउक्त सहयोगको घोषणा गरेका हुन् ।

 

सुबिहानीको जन्मउत्सवको अवसरमाधुर्मुस सुन्तलीले कुनै बिशेष कार्यक्रमको आयोजनानगरी रङ्गशालानिर्माणलाई सहयोग गरेकाहुन् । ‘हाम्रीप्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमाहामीनिर्माणाधिन रङ्गशालाकालागी सहयोग गर्न चाहान्छौं’ उनले लेखेका छन् ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरीनै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामाबन्ने छ ।’

 

धुर्मुस सुन्तली छोरी जन्मिएको ८ महिना पछिनै निरन्तर सामाजिककाममा अघि बढेकाधुर्मुस सुन्तले आफ्नी छोरीसंग धेरै समय बिताउनपाएका छैनन् । तर यसपालिको छोरीको जन्मदिनमाभने पुरै दिन छोरीलाई समय दिने सुन्तलीको योजना छ । रङ्गशालाको बिशेषकामले चितवनपुगेकाधुर्मुस सुन्तलीबुधबार बेलुकीमात्र काठमाण्डौं फर्किएका छन् ।

अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को फिल्डको कामभईरहेको छ । केही समयमै रङ्गशालाको डिपिआर र डिजाईनको काम सम्पन्नहुने धुर्मुस सुन्तली बताउछन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

    नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका...