पत्रकार पोस्ने चिरीबाबुको क्या काइदा, हिमाल चढ्न ३० लाख खर्चेर जिल्लाबासीलाई के फाइदा ?
जनताले तिरेको करमा जनप्रतिनिधिहरुले कसरी हावामा उडाँउछन भन्ने एक पछाडि अर्को नमुना देखा परेको छ । काठमाडौं नगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखाइदिएको पथमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पछ्याएका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भन्दा पनि उदार दिल देखाइदिएका छन् यस्ता मामलामा चिरिबाबुले ।काठमाडौं महानगरपालिकलाई बिश्वकै नमूना शहर बनाउँछु भन्दै मेयर पदमा निर्वाचित भएका बिद्यासुन्दर शाक्य राम्रा कामले भन्दा विवादास्पद कामले बढी चर्चामा छाइरहे ।
कहिले आफूलाई सुविधासम्पन्न करोडौंको गाडी, कहिले जनप्रतिनिधिलाई मोबाइल काण्ड । र कहिले महिला पत्रकारलाई सगरमाथा चढ्न भन्दै २५ लाख सहयोग गरे ।काठमाडौं महानगरपालिका धुलो धुवाँ र हिलोबाट ग्रसित भएकाबेला मेयर शाक्यले उदारता प्रकट गर्दै सगरमाथालाई चढने पत्रकारलाई २५ लाख रुपैयाँ सहयोग गरे ।यस्ता मामलामा विद्यासुन्दर शाक्यभन्दा चिरिबाबु पछाडि पर्ने कुरै थिएन् । उनले झनै ठूलो दिल देखाइदिए ।
अघिल्लो पटक र त्यही टोलीमा सामेल एक महिला पत्रकार फेरि सगरमाथा चढ्ने भइन् । यस पटक ललितपुर महानगरपालिकाको सहयोगमा ।महानगरपालिकाले ३० लाख रुपैया सहयोग प्रदान गर्ने भयो । महानगरपालिका र एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा। लि। बीच सम्झौता पत्रमा हस्ताक्षर भईसकेको छ ।महागरपालिकाले प्रदान गर्ने रकम मध्ये ८० प्रतिशत अर्थात २४ लाख ४० हजार रकम सम्झौता भएसंगै उपलब्ध गराइएको छ ।
बाँकी २० प्रतिशत रकम कार्यप्रगतिको प्रतिवेदनको आधारमा उपलब्ध गराइने जनाइएको छ ।सो सम्झौतापत्रमा ललितपुर महानगरपालिकाकातर्फबाट मेयर चिरीबाबु महर्जन र एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा। लि।का तर्फबाट अध्यक्ष रबिन्द्र महर्जनले हस्ताक्षर गरेका छन् । पर्वतारोही महर्जनले यस अघि सन् २०१८ मा दक्षिणी मोहोडाबाट पहिलो पटक सरगमाथा आरोहण गरिसकेकी छन् । यस पटक उत्तरी मोहोडाबाट सरगमाथा आरोहण गर्ने तयारी रहेको छ ।
केही साता अगाडि सम्पन्न सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । साथै एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा। लि।का तर्फबाट अध्यक्ष रबिन्द्र महर्जन र आरोही कल्पना महर्जनको उपस्थिति रहेको थियो ।
यो सम्झौतालाई लिएर ललितपुरका वुद्धिजीविहरुले चर्को आलोचना गरेका छन् । नगरपालिकाका विकासका लागि आवश्यक कुरालाई छाडेृर अनावश्यक कुरामा रुमल्लिएको जिल्लाका मतदाता तथा कांग्रेसका नगर किमिटिका सह सचिव समेत रहिसकेका क्षितीज खड्काजस्ता शुभचिन्तकहरुले चिन्ता प्रकट गरेका छन् ।
एकपटक सगरमाथा चढिसकेको व्यक्तिलाई फेरि के आधारमा यो रकम दिइयो रु खड्काले प्रश्न गर्दै भनेका छन् ‘हामी जिल्लाबासी धुलो,धुँवा र हिलो खान विवश छौं । विगत २२ बर्षदेखि पर्यटन क्षेत्रमा अनुभव बटुलेका उनी ३० लाख रकमले तीन वटा ब्रुमर आँउने बताँउछन् ।ब्रुमर खरिद गरिएको भए जिल्लाबासी धुलो धुँवाको समस्याबाट केही हदसम्म भए पनि पार पाउन सक्ने उनको टिप्पणी छ । यो रकम सही सदुपयोग नभएकोप्रति जिल्लाबासीहरुले चिन्ता प्रकट गरेका छन् ।
सगरमाथा चढिसकेकाहरुका अनुभवमा ग्रुपमा सगरमाथा चढ्दा ८ देखि १० लाख रकम खर्चिएर सगरमाथा आरोहण गर्न सकिन्छ । एउटै व्यक्तिका लागि सगरमाथा आरोहण गर्ने नाममा ३० औं लाख सहयोग गरी व्यक्ति पोस्न खोजिएको उनीहरुको भनाई छ ।काठमाडौं महानगरपालिका सगरमाथा चढ्न ५ जना महिला पत्रकारहरुलाई रु २५ लाख रकम सहयोग गरेको थियो ।
ललितपुर महानगरपालिकाले भने एउटै व्यक्तिका लागि ३० लाख सहयोग गरेको छ ।जिल्लाका कांग्रेसी नेताहरुले भने चिरीबाबु महर्जन कसैको गलत प्रभाव वा दबाबमा परेको टिप्पणी गरेका छन् । जिल्लाका नागरिक समाजका अगुवा कृष्णहरि आचार्यले ३० लाख रकमले फोहोर मैला व्यवस्थापन,वेवारिसे लाशको व्यवस्थापन लगायत धेरै काम गर्न सकिने उल्लेख गर्दै यस्लाई अनियमितताको संज्ञा दिएका छन् ।
चिरीबाबुको लागि हिजोका दिनमा निकै ठूलो त्याग गरेका व्यवसायी गोकुल खड्का यस्लाई नितीगत भ्रष्टाचारको संज्ञा दिन्छन् । यस्तै जिल्लाका अर्को कांग्रेसी नेता महेश्वर थापा पनि यस्लाई भ्रष्टाचारको संज्ञा दिएका छन् ।यो प्रकरणलाई लिएर जिल्लाका अधिकांश कांग्रेसी नेतादेखि सर्वसाधरणसम्मले असन्तृष्टी प्रकट गरेका छन् । आफ्नै खर्चमा सगरमाथा आरोहण गर्ने तयारीमा रहेको ज्ञान रणपाल आफ्नै सोखका लागि हिमाल आरोहण गर्ने राज्यसँग पैसा लिनु उचित नहुने तर्क गर्दछिन् ।