भीम रावलको नाममा नक्कली पेज बनाएर नेकपा फुटाउने चेतावनी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलको नाममा फेसबुकमा नक्कली पेज बनाएर एक जनाले पार्टी फुटाउने चेतावनी दिएका छन । रावलले सीके राउतकाे प्रकरणमा उठाएका अावाजको फाइदा उठाउँदै कोही एक व्यक्तिले रावलले प्रयोग गर्ने जस्तो पेज बनाएर नेकपा फुटाउने चेतावनी लेखका छन ।

 

पेजमा लेखिएको छ ‘मलाइ देशभन्दा ठूलो पार्टी लाग्दैन त्यसैले नेकपा फुट्न पनि सक्छ ।’  फेसबुक प्रयोग नै नगर्ने रावलका नाममा यस्तो गतिबिधि भएपछि विगतमा रावलसँगै काम गरेका पत्रकार एकिन्द्र कुँवरले नक्कली एकाउन्ट बनाएर रावलको चरित्र हत्या गर्ने प्रयास गरेको विषयमा साइबरक्राइमा मुद्दा अघि बढाएको बताएका छन ।

 

उनले नेकपाका नेता रावलले कुनै पनि फेसबुक नचलाएको भन्दै ट्ववीटरमात्रै प्रयोग गर्ने गरेको जानकारी दिएका छन । स्टाटस हेर्दा नेकपामा विभाजन ल्याउन चाहने समूहले चलाएको जस्तो देखिन्छ । यद्यपी अनुसन्धानका क्रममा रहेका कारण के हो भन्ने पछि खुल्नेछ । तर रावलको नामको उक्त नक्कली पेजबाट पनि सयाैँले उक्त स्टाटस सेयर गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...