भीम रावलको नाममा नक्कली पेज बनाएर नेकपा फुटाउने चेतावनी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलको नाममा फेसबुकमा नक्कली पेज बनाएर एक जनाले पार्टी फुटाउने चेतावनी दिएका छन । रावलले सीके राउतकाे प्रकरणमा उठाएका अावाजको फाइदा उठाउँदै कोही एक व्यक्तिले रावलले प्रयोग गर्ने जस्तो पेज बनाएर नेकपा फुटाउने चेतावनी लेखका छन ।

 

पेजमा लेखिएको छ ‘मलाइ देशभन्दा ठूलो पार्टी लाग्दैन त्यसैले नेकपा फुट्न पनि सक्छ ।’  फेसबुक प्रयोग नै नगर्ने रावलका नाममा यस्तो गतिबिधि भएपछि विगतमा रावलसँगै काम गरेका पत्रकार एकिन्द्र कुँवरले नक्कली एकाउन्ट बनाएर रावलको चरित्र हत्या गर्ने प्रयास गरेको विषयमा साइबरक्राइमा मुद्दा अघि बढाएको बताएका छन ।

 

उनले नेकपाका नेता रावलले कुनै पनि फेसबुक नचलाएको भन्दै ट्ववीटरमात्रै प्रयोग गर्ने गरेको जानकारी दिएका छन । स्टाटस हेर्दा नेकपामा विभाजन ल्याउन चाहने समूहले चलाएको जस्तो देखिन्छ । यद्यपी अनुसन्धानका क्रममा रहेका कारण के हो भन्ने पछि खुल्नेछ । तर रावलको नामको उक्त नक्कली पेजबाट पनि सयाैँले उक्त स्टाटस सेयर गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...