मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । मस्जिदमा अन्धाधुन्द गोली प्रहार हुँदा ‘धेरै हताहत’ भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । डेली मेलका अनुसार यो घटनामा बालबालिकासहित कम्तिमा २७ जनाको मृत्यु भएको छ ।

 

मस्जिदमा आज जुमेको नमाज थियो । त्यही बेला आक्रमण भएको हो । थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ । न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन् ।

 

प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् । उनले आक्रमणमा आप्रवासी र शरणार्थीहरुको संलग्नता रहेको आशंका गर्दै उनीहरुलाई पक्राउ गर्ने संकेत दिएकी छन् ।

 

प्रहरी कमिश्नर माइक बुशका अनुसार एक आक्रमणकारी पक्राउ परेका छन् । उनका अनुसार घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता भए-नभएको खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

 

डेली मेलका अनुसार यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ति व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेको भिडियो फुटेजमा देख्न सकिन्छ ।

 

आक्रमणपूर्व उनले ‘लेट्स पाटी स्टार्टस्’ भनेका छन् । उनले कारमा कम्तिमा ६ वटा राइफल राखेको डेलीमेलको दाबी छ । उनले आक्रमणमा प्रयोग गरेको राइफलमा बिभिन्न व्यक्तिहरुको नाम लेखेको देखिन्छ ।

 

दोलखाको लामाबगरमा हाइड्रोको गाडी दुर्घटना : २ को मृत्यु, २० घाइते

 

दोलखाको लामाबगरमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मजदुर चढेको गाडी दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् भने ५ जना सामान्य रहेको छ ।

 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाईड्रोको ब्युरो-११ ले भाडामा प्रयोग गरेको बा ४ ख ४५७३ नम्बरको बस विगु गाउँपालिका-१, लामाबगरको नयाँबाटोमा शुक्रबार बिहान करिब ७ बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डीएसपी बासुदेव पाठकले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

बस सडकबाट करिब २० मिटर तल गुल्टेको प्रहरीले जनाएको छ । सामान्य घाईतेमध्ये ५ जनाको सिंगटीमा र गम्भीर १५ जनालाई सदरमुकाम चरिकोटमा उपचारको लागि ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...