मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । मस्जिदमा अन्धाधुन्द गोली प्रहार हुँदा ‘धेरै हताहत’ भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । डेली मेलका अनुसार यो घटनामा बालबालिकासहित कम्तिमा २७ जनाको मृत्यु भएको छ ।

 

मस्जिदमा आज जुमेको नमाज थियो । त्यही बेला आक्रमण भएको हो । थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ । न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन् ।

 

प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् । उनले आक्रमणमा आप्रवासी र शरणार्थीहरुको संलग्नता रहेको आशंका गर्दै उनीहरुलाई पक्राउ गर्ने संकेत दिएकी छन् ।

 

प्रहरी कमिश्नर माइक बुशका अनुसार एक आक्रमणकारी पक्राउ परेका छन् । उनका अनुसार घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता भए-नभएको खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

 

डेली मेलका अनुसार यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ति व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेको भिडियो फुटेजमा देख्न सकिन्छ ।

 

आक्रमणपूर्व उनले ‘लेट्स पाटी स्टार्टस्’ भनेका छन् । उनले कारमा कम्तिमा ६ वटा राइफल राखेको डेलीमेलको दाबी छ । उनले आक्रमणमा प्रयोग गरेको राइफलमा बिभिन्न व्यक्तिहरुको नाम लेखेको देखिन्छ ।

 

दोलखाको लामाबगरमा हाइड्रोको गाडी दुर्घटना : २ को मृत्यु, २० घाइते

 

दोलखाको लामाबगरमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मजदुर चढेको गाडी दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् भने ५ जना सामान्य रहेको छ ।

 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाईड्रोको ब्युरो-११ ले भाडामा प्रयोग गरेको बा ४ ख ४५७३ नम्बरको बस विगु गाउँपालिका-१, लामाबगरको नयाँबाटोमा शुक्रबार बिहान करिब ७ बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डीएसपी बासुदेव पाठकले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

बस सडकबाट करिब २० मिटर तल गुल्टेको प्रहरीले जनाएको छ । सामान्य घाईतेमध्ये ५ जनाको सिंगटीमा र गम्भीर १५ जनालाई सदरमुकाम चरिकोटमा उपचारको लागि ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...