बिप्लवको कार्वाही सुचीमा प्रचण्ड पहिलो स्थानमा, कस्तो कार्वाही ?



हाम्रो इकोनोमि

 

विप्लव नेकपाको कारवाही सूचिमा आफु पहिलो नम्वरमारहेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने ‘सरकारले मलाई दिएको सुचना मान्ने हो भने विप्लव नेकपाले कारवाहीको पहिलो सूचिमा मलाई राखेको छ, तर मलाई उनीहरु प्रति दया जागेको छ ।’

 

विप्लव नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति असन्तुष्ट रहेका प्रचण्डलाई सरकारले नै कारवाहीको पहिलो सूचिमा भएको सुचना दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर वादलको निर्णयप्रति असन्तुष्टी जनाउँदै आएका प्रचण्डलाई सरकारले नै कारवाहीको पहिलो सूचिमा रहेको जानकारी गराएको छ ।

 

विप्लव नेकपालाई प्रतिबन्ध लगाउने सरकारी निर्णयका विपक्षमा भएपनि प्रचण्डले सार्वजनिक रुपमा भने केही बोलेका थिएनन् । विहीबार पनि प्रतिबन्धका बिषयमा उनले कुनै उल्लेख गरेका छैनन् ।

 

‘मलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विप्लव समूहले माइन्यूट गरेको सूचना सरकारले दिएको छ, प्रचण्डले भने ‘आज विहान पनि सरकारको तर्फबाट जानकारी गराइयो, प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्यूट गर्नु भएको छ रे । मार्नलाई टिम पनि खटाउनु भएको छ रे ।’ सरकारले दिएको सूचनाका आधारमा उनले प्रतिक्रिया दिएका छन् । मलाई मारेर यो परिर्वतन साँच्चिकै बाच्ने हो ? साथीहरुप्रति माया र दया लागेको छ,’ उनले अघि भने ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...