बिप्लवको कार्वाही सुचीमा प्रचण्ड पहिलो स्थानमा, कस्तो कार्वाही ?



हाम्रो इकोनोमि

 

विप्लव नेकपाको कारवाही सूचिमा आफु पहिलो नम्वरमारहेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने ‘सरकारले मलाई दिएको सुचना मान्ने हो भने विप्लव नेकपाले कारवाहीको पहिलो सूचिमा मलाई राखेको छ, तर मलाई उनीहरु प्रति दया जागेको छ ।’

 

विप्लव नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति असन्तुष्ट रहेका प्रचण्डलाई सरकारले नै कारवाहीको पहिलो सूचिमा भएको सुचना दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर वादलको निर्णयप्रति असन्तुष्टी जनाउँदै आएका प्रचण्डलाई सरकारले नै कारवाहीको पहिलो सूचिमा रहेको जानकारी गराएको छ ।

 

विप्लव नेकपालाई प्रतिबन्ध लगाउने सरकारी निर्णयका विपक्षमा भएपनि प्रचण्डले सार्वजनिक रुपमा भने केही बोलेका थिएनन् । विहीबार पनि प्रतिबन्धका बिषयमा उनले कुनै उल्लेख गरेका छैनन् ।

 

‘मलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विप्लव समूहले माइन्यूट गरेको सूचना सरकारले दिएको छ, प्रचण्डले भने ‘आज विहान पनि सरकारको तर्फबाट जानकारी गराइयो, प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्यूट गर्नु भएको छ रे । मार्नलाई टिम पनि खटाउनु भएको छ रे ।’ सरकारले दिएको सूचनाका आधारमा उनले प्रतिक्रिया दिएका छन् । मलाई मारेर यो परिर्वतन साँच्चिकै बाच्ने हो ? साथीहरुप्रति माया र दया लागेको छ,’ उनले अघि भने ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...