ब्राजिलको एक विद्यालयमा गोली चल्दा दशको मृत्यु, मृत्युहुनेमा ७ जना विद्यार्थी



हाम्रो इकोनोमि

 

ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ । बुधबार भएको सो घटनामा परी अरु केही घाइते भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । गोली लागेर मृत्यु भएका मध्ये सात जना विद्यार्थी रहेका छन् भने एक जना महिला र दुई जना गोली प्रहार गर्नेमध्येका व्यक्तिहरु रहेको प्रहरीको भनाई छ ।

स्थानीय समय अनुसार बिहान साढे नौ बजे राउल ब्राजिल पब्लिक स्कुलमा गोली प्रहार भएको हो । प्रारम्भिक विवरणका अनुसार शुरुमा आठ जनाको मृत्यु भएकोमा पछि दश पुगेको हो । मृत्यु हुनेको संख्या अरु पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

 

घटनामा परी घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । घटना थाहा पाउने बित्तिकै अभिभावक र छिमेकीहरु विद्यालयमा पुगेका थिए । उनीहरुमध्ये एक जनाले भने, “यस्तो दर्दनाक घटना त मैले अहिलेसम्म देखेकै थिएन, अत्यन्त दुःखद घटना भयो ।”साओ पाउलो राज्यका गभर्नर जाओ डोरिआले घटनाका पीडितहरुलाई र उनीहरुका आफन्तलाई सम्बोधन गर्नु अहिलेको प्रमुख प्राथमिकता भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...