इलामको माइपोखरीमा आगलागी, ४ घर जले



हाम्रो इकोनोमि

 

इलामको सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने माइपोखरी नजिकका घरमा आगलागी भएको छ।धार्मिक तथा पर्यटकीय स्थल माइपोखरी पस्ने गेट अगाडीको घरमा लागेको आगो नियन्त्रणमा आएको छैन।

 

१ बजेबाट सुरु भएको आगलागीबाट चक्र मुखियाको घर जलेको छ। उनका भाइ कमल मुखिया, लाक्पा सेर्पा र निम्दोर्जे शेर्पाको घरमा समेत आगलागी सुरु भएको स्थानीय युवराज पिसीले जानकारी दिए।

 

धार्मिक तथा नजिकै रहेको वनमा समेत आगलागी सुरु भइसकेको स्थानीय दिनेश सुवेदीले बताएका छन्। स्थानीय र शुरक्षाकर्मीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

यता इलाम नगरपालिकाको दमकल आगलागी भएको स्थानमा पुगेको इलाम नगरपालिकका प्रशासकीय अधिकृत रामकुमार शाहले बताए। इलाम सदरमुकामबाट दमकलसहित प्रहरी र नेपाली सेना घटनास्थलमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...