पोखरामा बन्दविरुद्ध विवेकशील साझाको प्रदर्शन



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले घोषणा गरेको बन्दको विरोधमा पोखरामा प्रदर्शन गरिएको छ । विवेकशील साझा पार्टीले पोखराको पृथ्वीचोकमा नेपालको झण्डा बोकेर ‘बन्दले देश बन्दैन’ लगायतका नारासहित प्रदर्शन गरेका हुन् । उनीहरुले विप्लपव नेतृत्वको नेकपा समूहलाई शान्तिपूर्ण संघर्ष गर्न र सरकारलाई समेत वार्ता र संवादमार्फत निश्कर्ष निकाल्न आग्रह गरेका छन् ।

 

बन्दका कारण पोखरामा सार्वजनिक गाडी चलेका छैनन् । कार्यकर्ता पक्राउको विषयलाई लिएर आह्वान गरेको बन्दका कारण पोखरेली जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सबै शिक्षण संस्था पूर्ण रुपमा बन्द छन् भने बजार क्षेत्रका पसल खुलेका छैनन् ।

 

दुई ठाउँमा विस्फोटक पदार्थ

बिहीबार बिहानै पोखराका २ ठाउँमा विस्फोटक पदार्थ भेटिएपछि पोखरेली त्रसित बनेका छन् । पोखरा सभागृह ट्राफिक प्रहरी बिटमा बिहीबार बिहानै सुतली बम र भण्डारढिकमा सकेट बम भेटिएको थियो । यद्यपि ती दुवै बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले अन्य ठाउँमा कुनै शंकास्पद वस्तु नभेटिएकाले संयमित हुन आग्रह गरेका छन् । ‘सवारीसाधन तथा बजार क्षेत्रमा बन्दको प्रभाव देखिए पनि अहिलेसम्म कुनै अरु शंकास्पद गतिविधि भएका छैनन्,’ उनले भने, ‘त्यसका लागि हामी पूर्ण तयारीका साथ बसेका छौं ।’ पोखराबाट काठमाडौं लगायतका बाहिरी जिल्ला जाने पर्यटक बसलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतिर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...