प्रधानमन्त्रीले भने मान्छे मार्ने, बम पडकाउने र लुट्नेलाई त्यसै छाडिन्न



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेताहरुले प्रतिबन्ध लगाउन हुदैन भन्नै नसक्ने बताउनु भएको छ । पार्टीभित्रका केही नेताले आतंक मच्चाउने गतिविधिमा संलग्न विप्लव समुहका गतिविधिमा प्रतिवन्ध लगाउन नहुने धारणा व्यक्त गरिरहेका बेला उहाले त्यस्तो वक्तव्य आउनै नसक्ने बताउनु भएको हो ।

 

‘हाम्रो पार्टीको कोही नेताले प्रतिबन्ध लगाउन हुँदैन भन्नै सक्दैन’, ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा भन्नुभयो, ‘त्यो हुन सक्दैन।’ उहाले यदी कसैले त्यो भन्छ भने आफुहरुलाई विप्लव देखाइ दिनसमेत चुनौती दिनुभयो ।

 

‘मलाई देखाइदिओस्, कसैले विप्लव कहाँ हुनुहुन्छ ? प्रकाण्ड कहाँ हुनुहुन्छ ? अरू विभिन्न काण्ड कहाँ हुनुहुन्छ’, ‌उहाले भन्नुभयो, ‘जब उहाँहरू लुकेर अपराधिक क्रियाकलाप गरिरहनु भएको छ भने प्रतिबन्ध उहाँहरूले आफूलाई लगाउनु भएको छ।

 

प्रधानमन्त्री ओलीले विप्लवको अपराध कर्ममा प्रतिबन्ध लगाएको पनि प्रष्ट पार्नुभयो । ‘लुकेर अपराध गरिरहनु भएको छ। अपराध कर्ममा हामीले प्रतिबन्ध लगाएका छौं। अपराध कर्म गर्न पाइन्न,’ ओलीले भन्नुभयो,‘लुक्न पाउँछ। घरमा बसिरहन पाउँछ। तर अपराध गर्न पाइन्न। हाम्रो सरोकार अपराधसँग छ।’

 

‘बम पड्काउन पाइन्छ भन्ने मान्छे मारिरहन पाइन्छ भन्ने लुटिरहन पाइन्छ भन्ने’, उहालेप्रश्न गर्नुभयो, ‘नेपालमा उर्जाको विकास गर्न नदिने, हाइड्रोपावर स्टेशन पड्काइदिने, सञ्चारको विकास गर्न नपाइने, टावरहरू पड्काइदिने, विकास निर्माणका काम गर्न नपाउने, चन्दा भन्ने लुटमार हिस्सा खोज्ने, विकासको काम अगाडि जान नदिने।

 

 

वैदेशिक लगानी देशभित्र आउन नदिने। को पर्छ परोस्। जो मर्छ मरोस् भन्ने अमानविय यसप्रकारका आतंककारी र विध्वसंकारी आपराधिक क्रियाकलाप हुनु हुँदैन।’

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...