मलेसियामा नेपाली सुरक्षा गार्डको बहादुरी : तस्विर र भिडियाे एकाएक भाइरल



हाम्रो इकोनोमि

 

वीर गोर्खालीको नाम संसारभर चिनिएका नेपाली फेरि एकपटक मलेसियामा आफ्नो बहादुरी देखाएर नेपालीको शीर उच्च बनाएका छन् । नेपाली सुरक्षा गार्डको बहादुरी इन्टरनेटमा विश्वभर फैलिएपछि चर्चा भइरहेको हो ।

 

मलेसियाको सुवाङजयास्थित एक अपार्टमेन्टको सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने मार्सल आर्टका व्यक्तिलाई नियन्त्रणमा लिएको भिडियो इन्टरनेटमा भाइरल बन्दै नेपाली सुरक्षागार्डको प्रशंसा मलेसिया हुँदै विश्वभर फैलिएको हो ।

 

ती मार्सल आर्टका युवक अपार्टमेन्टमा प्रवेश गर्न खोज्दा त्यहाँ कार्यरत नेपाली सुरक्षागार्डले सोधपुछ गरेका थिए । ‘डिस्कभर सुवाङजया’ फेसबुक पेजबाट सार्वजनिक गरिएको यो भिडियोमा सुरुमा एक हट्टाकट्टा युवक अपार्टमेन्टमा प्रवेश गर्न खोज्छन् । सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डले सोधपुछ गर्दा उनले नेपाली सुरक्षागार्डमाथि मुक्का प्रहार गर्छन् ।

 

तत्कालै उनले प्रतिबाद गर्छन । सँगै ड्युटीमा रहेका अन्य नेपाली सुरक्षागार्ड पनि उनको सहयोगका लागि आइपुग्छन । ठूलो ज्यानका यी मार्सलआर्ट खेलाडी हेर्दाहेर्दै नेपाली सुरक्षागार्डको कब्जामा पुग्छन् । उनलाई नियन्त्रणमा लिएर सुरक्षागार्डले डोरीले हात बाँधिदिन्छन् । तर, उल्टै आक्रमणमा उत्रिएपछि जाइलागेका नेपाल सुरक्षागार्डले ति व्यक्तिलाई नियन्त्रणमा लिएर हात खुट्टा बाँधेर राखेको भिडियोमा देखिन्छ ।

 

चारवटा भिडियो र दुईवटा तस्वीरसहित पोष्ट गरिएको यो भिडियो २४ घण्टा नपुग्दै मलेसियाभर भाइरल भएको छ । सामाजिक सञ्जालमा मलेसियाली नागरिकहरुले नेपाली सुरक्षागार्डको ड्युटीप्रति खुसी ब्यक्त गरेका छन् । नेपाली सुरक्षागार्डले राम्रो काम गरेको र यही कामका कारण मलेसियाका वस्तीहरु सुरक्षित रहेको भन्दै उनीहरुले नेपाली सुरक्षागार्डलाई बधाइ पनि दिए ।

 

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...