यौन प्रस्ताव राख्ने उपमेयरका श्रीमान पक्राउ



हाम्रो इकोनोमि

 

 

महिलालाई फोनबाट अश्लील शब्द प्रयोग गरी शारीरिक सम्पर्कका लागि होटलमा बोलाएको आरोपमा प्रहरीले एक जनालाई निजगढबाट पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका –७ खजानी बस्ने ३९ वर्षीय जयन्त कुश्वाहा रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । पक्राउ परेका कुशवाह सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिना कुशवाहको श्रीमान रहेको प्रहरीको भनाइ छ ।

 

कुशवाहलाई पीडित महिलाको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले प्रहरीलाई सूचना दिई कुशवाहासङ्ग बुधबार निजगढमा भेट्ने योजना बनाएको प्रहरीको भनार्इ छ । कुशवाहाले पीडित महिलालाई करिब एक महिना अघिदेखि आर्थिक प्रलोभन देखाइ फोन मार्फत शारीरिक सम्पर्कका लागि दबाब दिदै आएको प्रहरीले बताएको छ ।

 

निजगढस्थित गुरुङ होटेलबाट साझ ५ः३० बजे प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...