यौन प्रस्ताव राख्ने उपमेयरका श्रीमान पक्राउ



हाम्रो इकोनोमि

 

 

महिलालाई फोनबाट अश्लील शब्द प्रयोग गरी शारीरिक सम्पर्कका लागि होटलमा बोलाएको आरोपमा प्रहरीले एक जनालाई निजगढबाट पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका –७ खजानी बस्ने ३९ वर्षीय जयन्त कुश्वाहा रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । पक्राउ परेका कुशवाह सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिना कुशवाहको श्रीमान रहेको प्रहरीको भनाइ छ ।

 

कुशवाहलाई पीडित महिलाको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले प्रहरीलाई सूचना दिई कुशवाहासङ्ग बुधबार निजगढमा भेट्ने योजना बनाएको प्रहरीको भनार्इ छ । कुशवाहाले पीडित महिलालाई करिब एक महिना अघिदेखि आर्थिक प्रलोभन देखाइ फोन मार्फत शारीरिक सम्पर्कका लागि दबाब दिदै आएको प्रहरीले बताएको छ ।

 

निजगढस्थित गुरुङ होटेलबाट साझ ५ः३० बजे प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...