राष्ट्रपति भण्डारी ‘निषेध गरेको’ भूमीमा पूर्वराजालाई पुष्पमाला !



हाम्रो इकोनोमि

 

मधेसका शक्ति पिठको दर्शन र त्यहाँका जनतासँगको साक्षात्कारका लागि पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार जनकपुर पुगेका छन् । उनी त्यहाँको सीतारमण होटलमा बास बसे । त्यसअघि उनको स्वागतका लागि मधेसका जनता पुष्पमालासहित लामो समय पर्खेर बसेका थिए । जब पुगे नारा लाग्यो– हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ !

 

हालैमात्र मधेसलाई केन्द्रमा राखेर तीन भिन्न शक्तिले भिन्नाभिन्नै कार्यक्रम गरे । पृथकतावादी भनिएका सीके राउतले मधेस अलग देशको नारा घन्काए, सत्ताको नेतृत्व गरिरहेको नेकपाले मधेस जनसभा सम्पन्न गरेको थियो । र, अहिले व्यवस्थाकै विकल्प ठानिएका पूर्वराजाको भ्रमण जारी छ ।

 

यी तारन्तरका विभिन्न सभा, सम्मेलन र धार्मिक भ्रमणले मधेसको मनोविज्ञान कता लगिरहेको छ ? भन्ने प्रश्न उब्जाएको छ । पूर्वराजा शाहले केही दिन अन्य जिल्लामा पनि भ्रमण सकेर भारत जाने कार्यसूची बनाएका छन् । उनी विहीबार दिनभर सर्लाही र धनुषामा नै व्यस्त हुनेछन् । केही धार्मिक स्थलको भ्रमण र जनसंवादमा पनि उनको सहभागीता हुने शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले बताए ।

 

राष्ट्रपतिहरूको बिरोध किन गरिएको थियो !

मधेसको पेचिलो मुद्दा समानता र अधिकारको हो । मधेसवादी दलले यहि मुद्दाका आधारमा २ नम्बर प्रदेशमा बहुमत ल्याएका छन् । तर व्यवस्था परिवर्तन गरी राष्ट्रपतीय प्रणाली स्वीकारेको, सोही प्रणालीका पहिलो राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा भएको मधेसमै राष्ट्रपतिहरूको विरोध भएको छ ।

 

पहिलो संविधानसभाबाटको भंग भई दोस्रो निर्वाचन हुनुअघि तत्कालिन राष्ट्रपति डा. यादवविरुद्ध कालो झन्डामात्र देखाइएन, धनुषामै रहेको उनको घरसम्म प्रदर्शन गरिएको थियो ।

 

यस्तै, अघिल्लो बर्ष विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिर जाँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले विथोल्न खोजेपछि जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप नै भएको थियो । मोर्चाले राष्ट्रपति भण्डारीलाई सो बेला प्रवेश निषेधको घोषणा पनि गरेको थियो ।

 

प्रहरीले उत्तेजित मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबिच झडप भएको थियो । ठूलो संख्यामा रहेको प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले मन्दिर परिसर वरपरका भक्तजनलाई समेत हटाउँदै गएको छ ।

 

पूर्वराजा विशिष्ट पनि होइनन् 
एउटा व्यवस्थाकै अन्तिम कसीका रूपमा उभिएका पूर्वराजा शाहको सुरक्षामा कुनै कमी छैन । तर, राज्यले उनलाई भीआइपी अथवा भीभीआइपीमा राखेको छैन ।

‘विशिष्टको कुनै स्थानमा नराखिएका पूर्वराजा आम नागरिकमा जाँदा किन नागरिकको ओइरो लाग्छ ?’, बस्नेत भन्छन्,‘राजा भनेको सबैको साझा हुन् । त्यसैले साझा संस्था राजसंस्थाप्रति सबैको चासो र विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...